Shikhar Insurance

दीपक तिमल्सिनाको नेतृत्वमा नेशनल स्टक एक्सचेञ्ज दर्ता, एनआरएनहरुको मुख्य लगानी

सिंहदरबार संवाददाता
२०८० बैशाख १०, आईतवार १३:५७
NIMB
Nabil Bank

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि नेशनल स्टक एक्सचेञ्जको नाम दर्ता भएको छ ।

दिपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको उक्त कम्पनीमा एनआरएनहरुको लगानी रहेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीमा एनआरएनका सस्थापक अध्यक्ष उपेन्द्र महतो, जिवा लामिछाने, कूल आचार्य लगाएतको लगानी रहेको तिमल्सिनाले सिंहदरबारलाई बताए ।

नेशनल स्टक एक्सचेञ्जमा केडिया ग्रुपको पनि लगानी रहेकाे  छ ।

शुक्रबार मात्रै दीपक भट्टको नेतृत्वमा हिमालयन स्टककाे आवेदन दर्ता भएको थियो ।

नयाँ स्टकका लागि आवेदन दिने आज अन्तिम दिन हो ।

नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ।

कुल चुक्ता पुँजीको ३० प्रतिशत सर्वसाधारणका लागि जारी गर्नुपर्ने नियम रहेकाले संस्थापकहरुले ३ अर्बको ७० प्रतिशतले हुने २ अर्ब १० करोड रुपैयाँ लगानी गर्नुपर्छ ।

व्यक्तिलाई लगानी गर्न बन्देज लगाईएकाले कम्पनी मार्फत लगानी गर्नुपर्छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्