Shikhar Insurance

एउटा स्टक एक्सचेञ्जका लागि तीन कम्पनी बीच प्रतिस्पर्धाः कस्ले मार्ला बाजी?

सिंहदरबार संवाददाता
२०८० बैशाख १०, आईतवार १८:२३
NIMB
Nabil Bank

काठमाडौं । नयाँ स्टक एक्सचेञ्जका लागि नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गर्न निर्धारण गरेको समय सकिएको छ । निर्धारित समयमा नयाँ स्टक एक्सचेञ्जका लागि तीन कम्पनीले आवेदन दर्ता गराएका छन् ।

पहिलो आवेदन गत शुक्रबार दीपक भट्टको नेतृत्वमा हिमालयन स्टकको दर्ता भएको थियो भने आज दीपक तिमल्सिनाको नेतृत्वमा नेशनल स्टक एक्सचेञ्ज र सुरेन्द्रराज वाग्लेको नेतृत्वमा अन्नपूर्ण एक्सचेञ्जको दर्ता भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

दीपक भट्टको नेतृत्वमा दर्ता भएको हिमालयन स्टकमा शंकर ग्रुपको मुख्य लगानी रहेको छ भने शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा, राजेन्द्र खेतान, सौरभ ज्योति, जुनी गुरुङ, आशिष श्रेष्ठ, दीपक भट्ट, विवेक दुगड, कुमुदकुमार दुगड, अमितकुमार मोर लगायतको समेत लगानी छ ।

त्यस्तै, दिपक तिमल्सिनाको नेतृत्वमा दर्ता भएको नेशनल स्टक एक्सचेञ्ज कम्पनीमा एनआरएन सस्थापक अध्यक्ष उपेन्द्र महतो, जिवा लामिछाने, कूल आचार्य लगाएतका एनआरएन हरूको लगानी रहेको छ ।

त्यसैगरी सुरेन्द्रराज वाग्लेको नेतृत्वमा दर्ता भएको अन्नपूर्ण एक्सचेञ्जमा वाग्ले सहित सात जना गणेश कुमार श्रेष्ठ, मुक्ति वोध न्यौपाने, अनिल सापकोटा, प्रकाश कुमार श्रेष्ठ, शेखर सुवेदी र वलराम उप्रेतीको लगानी रहेको छ ।

नयाँ स्टकका लागि तीन कम्पनीको आवेदन परेसँगै नयाँ एक्सचेञ्ज अनुमतिको दौड झनै रोचक बनेको छ । यस अघि पुनर्बीमा कम्पनीको लाइसेन्समा पनि यस्तै प्रकारके प्रितस्पर्धा दिखएके थियो । यो प्रतिस्पर्धामा कस्ले बाजीमार्छ त्यो भने हेर्न बाँकीनै रहेको छ ।

नेपाल भितोपत्र बोर्डले नयाँ स्टकका लागि पाँच महिनाअघि ४५ दिनको समय दिएर आवेदन माग गरिएको थियो । घरानाहरुका बीचमा कुरा नमिल्दा सर्वोच्च अदालतमा मुद्धा परेको थियो । सर्वोच्च अदालतका न्यायाधीश अनिलकुमार सिन्हा र सुष्मालता माथेमाको इजलासले पाँच महिनापछि नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने बाटो खोलिदिएपछि पुनः कर्पोरेट वार आरम्भ भएको छ ।

नयाँ स्टकका लागि तीन अर्ब रुपैयाँ चुक्ता पुँजी चाहिन्छ। कुल चुक्ता पुँजीको ३० प्रतिशत सर्वसाधारणका लागि जारी गर्नुपर्ने नियम रहेकाले संस्थापकहरुले ३ अर्बको ७० प्रतिशतले हुने २ अर्ब १० करोड रुपैयाँ लगानी गर्नुपर्छ ।

व्यक्तिलाई लगानी गर्न बन्देज लगाईएकाले कम्पनी मार्फत लगानी गर्नुपर्छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्