Shikhar Insurance

स्टकको लाइसेन्स प्रक्रिया फेरी झमेलामा, पुरानो आवेदन टुंगो नलगाई सोही नाममा नयाँ दर्ता

सिंहदरबार संवाददाता
२०८० बैशाख १०, आईतवार १९:०९
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले अघि बढाएको नयाँ स्टक एक्सचेञ्जको लाइसेन्स प्रकरण फेरी झमेलामा फस्ने पक्का भएको छ ।
डेढ दशक अघि आवेदन दिएका कम्पनीहरुका बारेमा कुनै निर्णय नै नगरि सोही नाममा नयाँ आवेदन दर्ता भएपछि समग्र प्रक्रिया नै झमेलामा पर्ने देखिएको छ ।

नेपाल धितोपत्र बोर्डमा २०६५ र २०६६ सालमा चार वटा कम्पनीहरुले नयाँ स्टक एक्सचेञ्जका लागि भन्दै निवेदन दिएका थिए । ति निवेदनहरु बोर्डले २५ हजार रुपैयाँ दस्तुर लिएर दर्ता गरेको थियो । सबै कम्पनीहरुलाई संस्थापकहरुको आवधिक विवरण बुझाउन भन्दै बोर्डले पत्र पनि काटेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

त्यसरी उतिबेलै बोर्डमा निवेदन दर्ता गरेर बसेका कम्पनीहरुको निवेदनबारे कुनै निर्णय नै नगरि बोर्डले नयाँ प्रक्रिया थालेको आरोप छ । त्यति मात्रै नभएर बोर्ड उतिबेलै बोर्डमा आवेदन दिएका कम्पनीहरुकै नाममा नयाँ आवेदन समेत लिईसकेको छ ।

बोर्डले एउटा स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने भन्दै आवेदन माग्दा ३ वटा कम्पनीले आवेदन दिएका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज लिमिटेड, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्जको आवेदन बोर्डमा दर्ता भएको छ । तर यीनै नाममा २०६५/६६ मै बोर्डमा आवेदन दिएका कम्पनीहरुबारे कुनै निर्णय भएको छैन् ।

नेपाल धितोपत्र बोर्डमा २०६५ र २०६६ सालमा चार वटा कम्पनीहरुले नयाँ स्टक एक्सचेञ्जका लागि भन्दै निवेदन दिएका थिए । ति निवेदनहरु बोर्डले २५ हजार रुपैयाँ दस्तुर लिएर दर्ता गरेको थियो । सबै कम्पनीहरुलाई संस्थापकहरुको आवधिक विवरण बुझाउन भन्दै बोर्डले पत्र पनि काटेको थियो ।

त्यसरी उतिबेलै बोर्डमा निवेदन दर्ता गरेर बसेका कम्पनीहरुको निवेदनबारे कुनै निर्णय नै नगरि बोर्डले नयाँ प्रक्रिया थालेको आरोप छ । त्यति मात्रै नभएर बोर्ड उतिबेलै बोर्डमा आवेदन दिएका कम्पनीहरुकै नाममा नयाँ आवेदन समेत लिईसकेको छ ।

बोर्डले एउटा स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने भन्दै आवेदन माग्दा ३ वटा कम्पनीले आवेदन दिएका छन् । जसमा हिमालयन स्टक एक्सचेञ्ज लिमिटेड, नेशनल स्टक एक्सचेञ्ज अफ नेपाल र अन्नपूर्ण स्टक एक्सचेञ्जको आवेदन बोर्डमा दर्ता भएको छ ।

तर यीनै नाममा २०६५/ ६६ मै बोर्डमा आवेदन दिएका कम्पनीहरुबारे कुनै निर्णय भएको छैन् । २०६५ फागुन १८ गते बोर्डमा नेशनल स्टक एक्सचेञ्जले लाइसेन्स माग्दै आवेदन हालेको थियो भने काठमाडौं स्टक एक्सचेञ्जले २०६५ साल फागुन २२ गते बोर्डमा निवेदन दिएको थियो ।

त्यस्तै, नेपाल सेक्युरिटिज एण्ड डेरिभेटिभ एक्सचेञ्जले २०६५ चैत २४ गते आवेदन दिएको थियो । हिमालयन स्टक एक्सचेञ्जले २०६६ साल मंसिर १५ गते बोर्डमा निवेदन दिएको थियो । यी सबै कम्पनीहरुले २५ हजार आवेदन दस्तुर तिरेका थिए । र उनीहरुसँग कम्पनीका संस्थापकहरुको अद्यावधिक विवरण समेत बोर्डले मागेको थियो । तर तिनै नामहरुमा अहिले बोर्डले नयाँ निवेदन लिएको छ ।

हिमालयन स्टकका नाममा दिपक भट्ट नेतृत्वको टिमले आवेदन दिएको छ भने नेशनल स्टकका नामबाट दिपक तिमिल्सिनाले आवेदन दिएका छन् । अन्नपूर्ण एक्सचेञ्जका नामबाट भने सुरेन्द्र आचार्य लगायतको समुहले आवेदन हालेको छ ।

‘हाम्रो निवेदनमाथि कुनै निर्णय नगरि, हाम्रो आवेदन दस्तुर समेत फिर्ता नगरि, हामीले नै दर्ता गराएको नाममा अर्काे प्रस्ताव कसरी दर्ता हुन सक्छ ? यो हामीमाथिको अन्याय हो, अब अदालत जान्छौं’, उतिबेलै आवेदन दिएका प्रस्तावित एक स्टकका सञ्चालकले सिंहदरबारलाई भने ।

हाल बोर्डमा प्रस्ताव हालेको नेशनल स्टकका मुख्य लगानीकर्ता दिपक तिमल्सिनाले पुरानो आवेदन र अहिले आफुले दिएको आवेदनमा कुनै सम्बन्ध नरहेको बताए । ‘उतिबेलाको आवेदन र हामीले गरेको आवेदनमा कुनै सम्बन्ध छैन्, पुरानो आवेदनको अहिले कुनै मान्यता नै छैन्’, तिमिल्सिनाले सिंहदरबारसँग भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्