Shikhar Insurance

दोहोरो अंकले बढ्यो सेयर बजार, कारोबार रकम ८८ करोडमाथि

सिंहदरबार संवाददाता
२०८० बैशाख १२, मंगलवार १५:२३
NIMB
Nabil Bank

काठमाडौं । साताको तेस्रो कारोबारको दिन सेयर बजार दोहोरो अंकले बढेर बन्द भएको छ । अघिल्लो कारोबारको दिन अर्थात सोमबार झिनो अंकले बढेर बन्द भएको सेयर बजार यस दिन सोहि क्रमलाई निरन्तरता दिएको हो ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परसिूचक मंगलबार १७.३६ अंकले बढेर १,९०५.६८ को विन्दुमा बन्द भएको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ४.२७ अंकले बढेर ३६३.६५ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

मंगलबार दिनभरीमा २६४ कम्पनीको २७ लाख ५७० कित्ता सेयर ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँमा खरिदबिक्री भए । अघिल्लो कारोबारको दिन नेप्से झिनो अंकले बढ्दा ७५ करोड १३ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो । यसदिन नेप्सेसँगै कारोबार रकममा पनि सुधार देखिएको छ ।

यसदिन कारोबारमा आएको १६८ कम्पनीको सेयर मूल्य बढेको छ । ४४ कम्पनीको घटेको छ भने, ५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

यस दिन तारागाउँ रिजेन्सी होटलको सेयर मूल्य सर्वाधिक ८ प्रतिशत बढेको छ। त्यसैगरी, खप्तड लघुवित्तको ७.८५ प्रतिशत र सिटिजन म्युचुअल फण्ड १ को मूल्य ५.१३ प्रतिशतले बढेको छ। कारोबारमा आएको सनराइज ब्लुचिप फण्डको इकाईमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ। अन्य स्टकहरुको मूल्य गिरावट दर भने ५ प्रतिशतभन्दा कम रहेको छ।

कारोबार रकमका आधारमा यस दिन शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ७ करोड बराबरको सेयर खरिदबिक्री भएको छ। त्यसैगरी, यस दिन कालिञ्चोक दर्शनको ३ करोड १ लाख र नबील बैंकको २ करोड ६९ लाख रुपैयाँ बरुाबरको सेयर कारोबार भएको छ ।

१३ उपसमूहमध्ये यस दिन म्युचुअल फण्ड उपसमूह बाहेक अरु सबै उपसमूहको परिसूचक बढेको छ। यस दिन होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.९२ प्रतिशत बढेको छ। त्यस्तै, विकास बैंक, वित्त, लगानी, उत्पादन तथा प्रशोधन र निर्जीवन बीमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्