Shikhar Insurance

३ कम्पनीको बोनस सेयर नेप्सेमा सूचीकृत, कुनको कति ?

सिंहदरबार संवाददाता
२०८० बैशाख १३, बुधबार १०:३५
NIMB
Nabil Bank

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ३ कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेपाल हाइड्रो डेभलपर, साविकको सगरमाथा इन्स्योरेन्स र साविकको लुम्बिनी जनरल इन्स्योरेन्सको बोनस सेयर नेप्सेमा सूचीकृत भएको हो ।

सगरमाथा इन्स्योरेन्सको १२.४० प्रतिशत, लुम्बिनी जनरल इन्स्यारेन्सको ६.९९ प्रतिशत र नेपाल हाइड्रो डेभलपरको ५ प्रतिशत बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यी कम्पनीहरुले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई सो दरमा बोनस सेयर वितरण गरेको थियो । उक्त बोनस सेयर मंगलबार नेप्सेमा सूचिकृत भएको हो ।

सगरमाथा इन्स्योरेन्सको १६ लाख ५३ हजार ६९९.९६ कित्ता, लुम्बिनी जनरल इन्स्योरेन्सको ९ लाख १७ हजार ६४४.५० कित्ता र नेपाल हाइड्रो डेभलपर लिमिटेडको पनि १ लाख ५५ हजा ९६५ कित्ता बोनस सेयर नेप्सेमा सूचिकृत भएको छ ।

उक्त बोनस सेयर सम्बन्धीत सेयरधनीको डिम्याट खातामा आएपछि दोस्रो बजारमा किनबेच गर्न सकिनेछ ।

GBIME

प्रतिक्रिया दिनुहोस्