Shikhar Insurance

मेन्छियाम हाइड्रोपावरको आईपीओ ४ भाग्यमानीले पाए ११ कित्ताका दरले सेयर, नतिजा कसरी हेर्ने ?

सिंहदरबार संवाददाता
२०८० बैशाख १३, बुधबार ११:४८
NIMB
Nabil Bank

काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको साधारण सेयर (आईपीओ) आज बैशाख १३ गते बुधबार बाँडफाँट भएको छ। कम्पनीले सर्वसाधारणका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओ बाँडफाँट भएको हो।

आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको छ । कम्पनीले बैशाख ४ गतेदेखि ७ गतेसम्म सर्वसाधारणका लागि कुल ९ लाख ५४ हजार ११४ कित्ता आईपीओ निष्काशन गरेको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

सो आईपीओमा कुल ११ लाख ७८ हजार ७३९ आवेदकले १ करोड ३७ लाख २० हजार ३० कित्ताका लागि आवेदन परेको थियो। जसमध्ये ११ लाख ७४ हजार २२८ आवेदन स्वीकृत भएको छ भने ६५ हजार ६४६ आवेदन रद्द भएको छ।

स्वीकृत आवेदनमध्ये कुल ९५ हजार ४११ जना आवेदकले गोलाप्रथामार्फत सेयर पाएका छन् । जसमा ४ जनाले ११ कित्ता र बाँकीले १० कित्ताका दरले सेयर पाएको बिक्री प्रबन्धक एनआइसी एशिया क्यापिटलले जनाएको छ ।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, मेन्छियाम हाइड्रोपावरको वेबसाइट, सीडीएससीले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट र मेरो सेयर मार्फत थाहा पाउन सकिने छ

GBIME

प्रतिक्रिया दिनुहोस्