Shikhar Insurance

दोहोरो अंकले घट्यो सेयर बजार, शिवम् सिमेन्टको सर्वाधिक ७ कारोडममाथि कारोबार

सिंहदरबार संवाददाता
२०८० बैशाख १३, बुधबार १५:२६
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । अघिल्लो कारोबारको दिन अर्थात मंगलबार १७.३६ अंकले बढेको सेयर बजार बुधबार दोहोरो अंकको गिरावट आएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १३.६८ अ.कले घटेर १,८९२ को विन्दुमा झरेको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि २.११ अंकले घटेर ३६१.५५ को विन्दुमा बन्द भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

यसदिन नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । दिनभरीमा २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर ८४ करोड ७० लाख २८ हजार रुपैयाँमा खरिदबिक्री भए। अघिल्लो कारेबाको दिन ८८ करोड ५५ लाख ७८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएको ४० कम्पनीको सेयर मूल्य बढेको छ । १७२ कम्पनीको घटेको छ । भने, ८ कम्पनीको सेयर मूल्य स्थिर छ ।

नेप्सेका अनुसार कारोबारमा आएको जनउत्थान सामुदायीक लघुवित्तको सेयर सबैभन्दा बढी ३.२५ प्रतिशतले बढेको छ । अन्य कम्पनीहरुको मूल्य वृद्धिदर ३ प्रतिशतभन्दा कम रहेको छ। सनराइज ब्लुचिप फण्डको इकाईमूल्य सर्वाधिक ९.१२ प्रतिशत घटेको छ। त्यस्तै, तारागाउँ रिजेन्सी होटलको सेयरमूल्य ७.११ प्रतिशतले घटेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा रहेको छ। कम्पनीको ७ करोड १ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। त्यसैगरी तारागाउँ रिजेन्सी होटलको ३ करोड ९० लाख र एभरेष्ट बैंकको ३ करोड १७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ ।

यस दिन १३ वटै उपसमूहको परिसूचक घटेको छ। जसमध्ये लगानी उपसमूहको परिसूचक सर्वाधिक १.३३ प्रतिशत घटेको छ। कारोबारमा आएका विकास बैंक र होटल तथा पर्यटन उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी घटेको छ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्