Shikhar Insurance

बिराटनगरमा अर्थमन्त्रीः असारसम्म भन्सार संकलन ह्वात्तै बढाउनुस्, कानुन अनुसार सबै असुल्नुस्

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार ११:१२
NIMB
Nabil Bank

विराटनगर । अर्थमन्त्री डा. प्रकाश शरण महतले उनले असारसम्म भन्सार असुलीमा व्यापक सुधार आउने अपेक्षा व्यक्त गरेका छन् । बिराटनगर भन्सार कार्यालयको निरिक्षण पछि कर्मचारीहरुलाई निर्देशन दिँदै  डा. महतले बाँकी अवधीमा भन्सार असुलीमा व्यापक सुधार आउने आशा व्यक्त गरेका हुन् ।

‘यो आर्थिक वर्ष असारसम्ममा भन्सार असुलीको प्रतिशत निक्कै बढ्ने मैले अपेक्षा गरेको छु, राजश्व बढाउन हामीले करदातालाई अनावश्यक दुःख दिनु हुँदैन । तर नियम कानुनले दिएको छ, त्यसमा कर्मचारीले कार्यान्वयन गर्न चुक्नु हुँदैन भनेर अनुरोध गर्छु ।’ मन्त्री डा. महतले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

कर्मचारीको मूल्यांकन कामका आधारमा हुने पनि बताए । कर्मचारीले जिम्मेवारी इमान्दार, पारदर्शी र समर्पणका साथ पूरा गर्न मन्त्री डा. महतले निर्देशन पनि दिए । बिहीबार बिराटनगर भन्सार निरीक्षणका क्रममा मन्त्री डा. महतले कर्मचारीहरुलाई यस्तो निर्देशन दिएका हुन् ।

उनले भने, ‘कुनै पनि तहमा माथि देखाएर जिम्मेवारी दुरुपयोग गर्ने अथवा अनुचित काम गर्ने छुट कसैलाई छैन । भन्सार चुहावट गर्ने प्रवृत्तिलाई हामी क्षमा दिँदैनौं, मलाई विश्वास छ, तपाईंहरुले राम्रो गर्नु हुनेछ, राम्रो गर्न कोसिस गरिराख्नु भएको छ ।’

डा. महतले कानुनमा तिर्नुपर्ने कर जसरी पनि असुल्न र अन्यथा सेवा ग्राहीलाई दुःख नदिन पनि निर्देशन दिए । ‘समग्रमा हामी पारदर्शीका साथ हामी काम गरौं, सेवाग्राहीलाई सहज र सौहद्रपूर्ण वातावरण निर्माण गरौं, नियम, कानुनमा तिर्नुपर्ने कुरा छ भने उनीहरुले तिर्नुपर्छ । हामीले गर्नुपर्ने काममा सम्झौता नगरौं ।’

उनले भन्सार कर्मचारीहरुको कामका आधारमा मूल्यांकन गरेर धारणा बनाउने पनि स्पष्ट पारे । ‘कर्मचारीको कामका आधारमा अर्थमन्त्रालयले दृष्टिकोण बनाउँछ, कामभन्दाबाहेक अन्य कुनै कारण अथवा पृष्ठभूमिबाट तल¬माथि लैजाने र ल्याउने काम अर्थमन्त्रालयले गर्दैन । जिम्मेवारी बहन एउटै मात्र आधार हो । यही अनुरुप काम गर्न म सम्पूर्ण कर्मचारी साथीहरुलाई अनुरोध गर्छु ।’, डा. महतले भने ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्