Shikhar Insurance

वर्डफ्लु पीडित किसानलाई ७५ प्रतिशत राहत, साढे ४२ करोड माग्दा ३२ करोड दियो सरकारले

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार १३:४५
NIMB
Nabil Bank

चितवन । जिल्लाका वर्डफ्लु पीडित किसानलाई राहत उपलब्ध गराउन थालिएको छ । संघीय सरकारले वर्डफ्लु पीडित किसानलाई राहत दिने निर्णय गरेसँगै जिल्लाका किसानले आजदेखि राहत रकम पाउन थालेका हुन् ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख सुशील केसीका अनुसार विसं २०७८ कात्तिक १२ देखि २०७९ असार ७ गतेसम्म जिल्लामा वर्डफ्लुको संक्रमण देखिएकाले कुखुरालगायत अन्य वस्तु नष्ट गरिएको थियो । नष्ट भएका अन्य बस्तुसमेत मूल्याङ्कन गर्दै सरकारले ७५ प्रतिशत राहत रकम उपलव्ध गराएको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रमुख केसीले भने, “वर्डफ्लु पीडित किसानलाई ३१ करोड ९१ लाख ३१ हजार सात सय ४९ राहत रकम आएको छ । यो रकम वितरणको काम सुरु भएको छ । पीडित किसानको खातामा सोझै भुक्तानी पुग्ने गरी काम अघि बढाइएको छ । ”

उनले भने, “३७ फर्मको मात्रै रकम आएको छ । कुनै दोहोरिएको र कसैको कागज नपुगेका कारण राहत रकम कम आएको हो ।” ३ लाख ६९ हजार तीन कुकुरा, ७ लाख ३ हजार ६ सय २५ अण्डा र ९८ हजार सात सय २८ किलो दानाका लागि सो रकम प्राप्त भएको कार्यालयले जानाएको छ । जिल्ला दररेट समितिबाट ४२ करोड ५५ लाख आठ हजार नौ सय ९९ क्षति भएको सिफारिस गरिएको थियो ।

वर्डफ्लुका कारण जिल्लामा तीन लाख ७२ हजार ६ सय १२ पक्षी नष्ट गरिएको हो। वर्डफ्लुको असर सबैभन्दा धेरै लेयर्स कुखुरामा परेको र विभिन्न उमेर समूहका लेयर्स कुखुरा ३ लाख ५८ हजार एक सय ११ वटा नष्ट गरिएको थियो ।

यस्तै प्यारेन्ट कुखुरा १२ हजार ३३, कडकनाथ आठ सय ९६, बोइलर आठ सय ९६, टर्की पाँच सय वटा नष्ट गरीएको थियो । स्थानीय जातका कुखुरा एक सय ३२, हाँस ३६ र बट्टाई आठ वटा नष्ट गरिएको प्रमुख केसीले जानकारी दिए। सोही क्रममा लेयर्स कुखुराको अण्डा ५ लाख ५० हजार सात सय ९१, प्यारेन्ट अण्डा एक लाख ७८ हजार ५ सय ६४, क्रेट एक लाख २८ हजार ९ सय २० वटा नष्ट गरिएको थियो।

दाना ९४ हजार सात सय २८ किलो, टर्कीको अण्डा ६ हजार ३ सय, हाँसको अण्डा २० वटा, अण्डा राख्ने कार्टुन २ हजार ५ सय वटा, डाला ६ हजार ६० वटा, टर्कीको मासु एक सय २० किलो र कुखुराको मासु ४० किलो नष्ट गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्