Shikhar Insurance

२.२७ अंकले घटेर बन्द भयो सेयर बजार, कारोबार रकम ७३ करोडमा सिमित

सिंहदरबार संवाददाता
२०८० बैशाख १४, बिहीबार १५:२०
NIMB
Nabil Bank

काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । अघिल्लो कारोबार दिन अर्थात बुधबार दोहोरो अंकले घटेर बन्द भएको सेयर बजार आज पनि सोहि क्रमलाई निरन्तरता दिएको हो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से) बिहिबार २.२७ अंकले घटेर १,८८९.७३ को विन्दुमा बन्द भएको छ । त्यसैगरी ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि ०.४६ अंकले घटेर ३६१.०९ को विन्दुमा झरेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

यसदिन नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ । दिनभरीमा २६९ कम्पनीको ३२१ लाख ७४ हजार ९१४ कित्ता सेयर ७३ करोड ९६ लाख ५० हजार रुपैयाँमा खदिबिक्री भए । अघिल्लो कारेबारको दिन १३.६८ अंकले घट्दा ८४ करोड ७० लाख २८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको थियो ।

कारोबारमा आएको ६५ कम्पनीको सेयर मूल्य बढेको छ । १३९ कम्पनीको सेयर मूल्य घटेको छ भने, १५ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बिहिबार सिटिजन म्युचुअल फण्ड २ को मूल्य सबैभन्दा बढी ५.८५ प्रतिशतले बढेको छ । त्यस्तै, तेह्थुम पावरको मूल्य ५.०८ प्रतिशत र तारागाँउ रिजेन्सी होटलको सेयर मूल्य ४.४५ प्रतिशले बढेको छ । यसदिन नबील ग्रोथ फण्डको मूल्य नेगेटिभ सर्किट लेभलमा कारोबार भएको छ । एनएमबी डिबेन्चस ८.५० प्रतिशत २०८७र८८ को मूल्य ९.५३ प्रतिशतले घटेको छ ।

कारोबार रकमको आधारमा एभरेष्ट बैंक शीर्ष स्थानमा रहेको छ । बैंकको ३ करोड ७६ लाख रुपैयाा बराबरको सेयर खरिदबिक्री भएको हो । त्यसैगरी, नबील बैंकको ३ करोड २७ लाख र शिवम् सिमेन्टको ३ करोड १ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भउको छ ।

यसदिन १३ उपसमूहमध्ये २ उपसमूहको परिसूचक बढेको छ। जसमध्ये होटल तथा पर्यटन उपसमूहको परिसूचक सर्वाधिक १.८३ प्रतिशत बढेको छ। सो उपसमूहको परिसूचक यस दिन ६४.३२ अंक बढेर ३५७६.९४ विन्दुमा पुगेको छ।

त्यसैगरी, यस दिन बैंकिङ्ग उपसमूहको परिसूचक ०.२४ प्रतिशत बढेको छ। कारोबारमा आएको उत्पादन तथा प्रशोधन उपसमूहको परिसूचक यस दिन सर्वाधिक १.२८ प्रतिशत घटेको छ। अन्य उपसमूहको गिरावट दर भने १ प्रतिशतभन्दा कम रहेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्