Shikhar Insurance

प्रिमियम मूल्यमा आईपीओ जारी गर्न अनुमति माग्दै हिमालयन रि बीमा प्राधिकरणमा

सिंहदरबार संवाददाता
२०८० बैशाख १८, सोमबार ०९:४०
NIMB
Nabil Bank

काठमाडौं । प्रिमियम मूल्यमा आईपीओ जारी गर्न सैद्धान्तिक स्वीकृति माग्दै हिमालयन रि इन्स्योरेन्स कम्पनीले बीमा प्राधिकरणमा निवेदन दिएको छ । कम्पनीले बैशाख १७ गते प्राधिकरणमा निवेदन दिएको हो । कम्पनीको २०७९ चैत २७ गतेको साधारण सभाले प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने निर्णय गरेको थियो ।

कम्पनीले त्यस अघि प्रति कित्ता एक सय रुपैयाँकै दरमा आईपीओ जारी गर्न भन्दै २०७९ कात्तिक २२ गते तत्कालिन बीमा समितिमा निवेदन दिएको थियो । समितिले सोही दिन अंकित मूल्यमा आईपीओ जारी गर्न सैद्धान्तिक स्वीकृति पनि दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

तर कम्पनीले २०७९ चैत २७ गतेको साधारण सभाबाट प्रिमियम मूल्यमा आईपीओ जारी गर्ने निर्णय गरेको हो । सोही निर्णय अनुसार कम्पनीले नेपाल बीमा प्राधिकरणमा सैद्धान्तिक स्वीकृतिका लागि निवेदन दिएको हो । प्राधिकरणले स्वीकृति दिएपछि नेपाल धितोपत्र बोर्डले पनि स्वीकृति दिनुपर्छ ।

हाल कम्पनीको चुक्ता पुँजी ७ अर्ब रुपैयाँ रहेको छ भने अधिकृत पुँजी २१ अर्ब छ । जारी पुँजी १० अर्ब रुपैयाँ रहेको कम्पनीले सोही जारी पुँजीको ३० प्रतिशत बराबरले हुने ३ अर्ब बराबर अर्थात ३ करोड कित्ता आईपीओ प्रिमियम मूल्यमा जारी गर्न लागेको हो ।

हिमालयन रिको अध्यक्षमा शेखर गोल्छा रहेका छन् । कम्पनीमा दिपक भट्ट, शंकर ग्रुप, मुरारका ग्रुप, लक्की ग्रुप, शिवशक्ति ग्रुप, आइएमई ग्रुप, दुगड ग्रुप, जगदम्बा ग्रुपलगायतको लगानी रहेको छ । त्यस्तै, दुई सरकारी बैंकहरु नेपाल बैंक र राष्ट्रिय वाणिज्य बैंकको पनि हिमालयन रिमा लगानी रहेको छ ।

प्रिमियममा आईपीओ जारी गर्न यस्ता छन् सर्त
कम्पनी ऐनको दफा २९ को उपदफा १ मा प्रिमियममा सेयर जारी गर्न सक्ने व्यवस्था रहेको छ । सोही दफाको उपदफा (४) मा भने यस्तो शेयर जारी गर्न तीन वर्षको लेखा परीक्षण भएको विवरण पेश गर्नुपर्ने उल्लेख छ ।

त्यस्तै, धितोपत्र दर्ता तथा निष्काशन नियमावली, २०७३ ले पनि प्रिमियममा आईपीओ जारी गर्न केही मापदण्ड तोकेको छ ।

उक्त नियमावलीको २०७३ को दफा ९ को उपदफा २ मा कारोबार गरेको पुरा एक आर्थिक बर्षको लेखापरिक्षण भएको वित्तीय विवरण सार्वजनिक गरेपछि साधारणसभा बोलाउनु पर्छ । साधारणसभाले पारित गरेपछि मात्रै यस्तो गर्न पाइन्छ ।

धितोपत्रको सोही नियमावलीको दफा २५ को क, क १, क २, ख, ग र ‘घ’ मा प्रिमियमममा शेयर निष्कासन गर्ने व्यवस्था छ । तर यसका लागि पछिल्लो तीन वर्ष खुद मुनाफा भएको हुनु पर्ने, नेटवर्थ बढि हुनुपर्ने लगायतका शर्तहरु तोकिएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्