Shikhar Insurance

लगानीकर्ताले अर्थमन्त्रीलाई भने-१२ करोडको सिमा खारेजी र १५०% को जोखिम भार तत्कालै हटाउनुस्

सिंहदरबार संवाददाता
२०८० बैशाख १८, सोमबार १०:५५
NIMB
Nabil Bank

काठमाडौं । पुँजी बजारका लगानीकर्ता सम्बद्ध संघ संठगनहरुले अर्थमन्त्री डा. प्रकाश शरण महतलाई भेटेर १२ करोडको सिमा, १५० प्रतिशतको औषत जोखिम भारको व्यवस्था हटाउन माग गरेका छन् । लगानीकर्ता सम्वद्ध चार वटा संगठनका नेतृत्वहरुले मन्त्री क्वाटरमै पुगेर सोमबार अर्थमन्त्रीसँग पुँजी बजारको सुधारका लागि तत्कालै १२ करोड सिमा र १५० प्रतिशतको जोखिम भार हटाउने व्यवस्था मिलाउन आग्रह गरेका हुन् ।

उनीहरुले सेयर धितो कर्जाको सिमा १२ करोड तोकिएमा त्यसलाई पुरै खारेज गरिनुपर्ने र १५० प्रतिशतको जोखिम भारित औषतलाई १०० प्रतिशतमा झार्नुपर्ने माग गरेका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उनीहरुले खुला ब्रोकर प्रणाली, नयाँ स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जको लाइसेन्स वितरण प्रक्रिया अवरोध बिना अघि बढाउने वातावरण बनाउन पनि मन्त्री डा. महतसँग अनुरोध गरेका छन् ।

लगानीकर्ताहरुले ब्याजदरलाई एकल अंकमा कायम गरेर पुँजी बजार तथा समग्र उद्यमी व्यवसायीहरुको मनोबल बढाउने कामको नेतृत्व लिन पनि अर्थमन्त्री डा. महतलाई सुझाव दिए । लगानीकर्ताहरुले अल्पकालिन लगानीकर्ताहरुलाई ५ प्रतिशत र दिर्घकालिन लगानीकर्ताहरुलाई ३ प्रतिशत पुँजीगत लाभकर लगाउने व्यवस्था आगामी बजेटबाट गराउन पनि आग्रह गरेका छन् ।

अर्थमन्त्री डा. महतलाई मागपत्र बुझाउन नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुल्सीराम ढकाल, सेयर लगानीकर्ता संघका कार्यावाहक अध्यक्ष तारा प्रसाद फुल्लेल र नेपाल पुँजी बजार लगानीकर्ता संघकी अध्यक्ष राधा पोखरेल मन्त्री क्वाटर पुगेका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्