Shikhar Insurance

१६ ब्रोकरलाई एलओआई दिने बोर्डको निर्णय, क-कस्ले पाए?

सिंहदरबार संवाददाता
२०८० बैशाख १८, सोमबार १४:०२
NIMB
Nabil Bank

काठमाडौं । नेपाल धितोपत्र बोर्डले १६ ब्रोकर कम्पनीलाई एलओआई दिएको छ । बोर्डले गठन गरेको मूल्याकंन समितिको सिफारिसमा १६ कम्पनीलाई प्रारम्भिक आसय पत्र प्रदान गरिएको हो । एलओआई पाउने कम्पनिहरुमा नबिल सेक्युरिटीज, मेगा स्टक मार्केट, हिमालयन ब्रोकरेज, सिबिआइएल सेक्युरिटीज, केबिएल सेक्युरिटीज, एनएमबी सेक्युरिटीज, आर बिबि सेक्युरिटी, सानिमा सेक्युरिटीज, इण्डेक्स सेक्युरिटीज, सन सेक्युरिटीज, क्यापिटल म्याक्स सेक्युरिटी, भोले गणेश सेक्युरिटीज, इन्फीनिटि सेक्युरिटीज, आकाश भैरब सेक्युरिटीज, एलिट स्टक हाउस र एसपीएसए सेक्युरिटीज रहेका छन् । अन्य आवेदकहरुको प्रस्ताव अद्यययन भैरहेको र केहि दिनमा नतिजा आउने बोर्डका प्रवक्ता मुक्ति श्रेष्ठले बताए ।

एलओआई पाउँने मध्ये ७ वटा बैंक तथा वित्तीय संस्थाका सहायक कम्पनी हुन् भने, बाँकी ९ वटा व्यक्तिगत तवरबाट लाइसेन्सका लागि आवेदन दिएका कम्पनी हुन् । धितोपत्र बोर्डले २०७९ असोज २ गते ब्रोकर लाइसेन्सको लागि ३० दिने म्याद राखी आवेदन आह्वान गरेको थियो ।
बोर्डले धितोपत्र दलाल तथा धितोपत्र व्यापारी नियमावली, २०६४ लाई संसोधन गर्दै स्टक डिलरका लागि एक अर्ब ५० करोड, मर्चेन्टसहितका पूर्णकालिन ब्रोकरका लागि ६० करोड र डिस्काउन्ट ब्रोकरका लागि २० करोड रुपैयाँ चुक्ता पुँजी तोकेको छ । हाल ५० वटा ब्रोकरहरुले सेवा दिईरहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

४५ कम्पनी ब्रोकर लाइसेन्सको सिफारिस माग्दै नेप्सेमा, अन्तिम दिनसम्म कुन कुन कम्पनीले आए?

GBIME

प्रतिक्रिया दिनुहोस्