Shikhar Insurance

माई खोला हाइड्रोपावरको आईपीओ एक जना भाग्यमानीले पाए ११ कित्ता सेयर, नतिजा कसरी हेर्ने ?

सिंहदरबार संवाददाता
२०८० बैशाख १९, मंगलवार ११:१७
NIMB
Nabil Bank

काठमाडौं । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाट भएको छ । कम्पनीले बैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वासाधारणका लागि निष्काशन गरेको सेयर बाँडफाँट भएको हो ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलको कार्यालयमा सेयर बाँडफाँट भएको हो । आईपीओमा माग भन्दा बढी आवेदन परेका कारण गोलाप्रथाबाट बाँडफाँट गरिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको आईपीओमा १३ लाख ६३ हजार २६६ आवेदनबाट १ अर्ब ५१ करोड ६५ लाख ८३ हजार रुपैयाँ बराबरको १ करोड ५१ लाख ६५ हजार ८३० कित्ता सेयरको लागि आवेदन परेको थियो । त्यसमध्ये ८९ हजार ८३० जनाको आवेदन रद्ध भएका छन् ।

त्यस अनुसार कम्पनीको आईपीओमा १२ लाख ७३ हजार ८९१ जनाको योग्य आवेदन परेको छ । जस अनुसार योग्य आवेदक मध्येबाट १ लाख २६ हजार ९४१ जनाले मात्रै १० कित्ताका दरले सेयर पाएका छन् । त्यस मध्येबाट पनि एक जना भाग्यमानीले थप एक कित्ता सेयर पाएका छन् ।

आईपीओको नतिजा बिक्री प्रबन्धकको वेबसाइट, माई खोला हाइड्रोपावरको वेबसाइट, सीडीएससीले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट र मेरो सेयर मार्फत थाहा पाउन सकिने छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्