Shikhar Insurance

राष्ट्र उत्थान लघुवित्तद्वारा १५ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

सिंहदरबार संवाददाता
२०८० बैशाख १९, मंगलवार १४:४८
NIMB
Nabil Bank

काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाले सेयरधनीहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । लघुवित्तले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १५ प्रतिशत लाभांश घोषणा गरेको हो ।

लघुवित्तको बैशाख १३ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

लघुवित्तले चुक्ता पूँजी २६ करोड रुपैयाँको १५ प्रतिशतका दरले हुन आउने ३ करोड ९० लाख रुपैयाँ लाभांश प्रस्ताव गरेको हो । जसमध्ये १४.२५ प्रतिशतका दरले हुन आउने ३ करोड ७० लाख ५० हजार रुपैयाा बराबरको बोनस सेयर र सोको कर प्रयोजनको लागि ०.७५ प्रतिशतका दरले हुन आउने १९ लाख ५० हजार रुपैयाँ बराबरको नगद लाभांश रहेको छ ।

लघुवित्तको उक्त प्रास्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सम्बन्धीत सेयरधनीहरुले पाउनेछन् ।

 

GBIME

प्रतिक्रिया दिनुहोस्