Shikhar Insurance

सामान्य अंकले घटेको सेयर बजारमा आत्मनिर्भर लघुवित्तका लगानीकर्ताहरुले कमाए मनग्य

सिंहदरबार संवाददाता
२०८० बैशाख १९, मंगलवार १५:३६
NIMB
Nabil Bank

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजार सामान्य अंकले घटेर बन्द भएको छ । मंगलबार सेयर बजार सामान्य अंकले घट्दा आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताहरुले मनग्य आम्दानी गरेका छन् ।

यसदिन लघुवित्तको सेयर सर्वाधक ८.२० प्रतिशतले बढेर ४०३ रुपैयाँ ८० पैसाबाट ४३६ रुपैयाँ ९० पैसा पुगेको हो । त्यसैगरी, १० प्रतिशत सनराइज डिबेन्चर्स २०८० को मूल्य ४.९७ प्रतिशत र गुँरास लघुवित्त वित्तीय संस्थाको ४.३५ प्रतिशतले सेयर मुल्य बढेको हो । कारोबारमा आएको स्वत गंगा हाइड्रोपावर कम्पनीको सेयर मूल्य सबैभन्दा बढी ४.७० प्रतिशतले घटेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूूचक मंगलबार ४.२७ अंकले घटेर १,८६६.४० को विन्दुमा बन्द भएको छ । भने ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स १.१२ अंकले घटेर ३५७.०२ को विन्दुमा बन्द भएको छ ।

कारोबारमा आएको ७ वटा उपसमूहको परिसूचकहरु बढेको छ भने, बाँकी ६ वटा उपसमूहको परिसूचक घटेको छ । यसदिन म्युचुअल फण्ड समूहको परिसूचक सबैभन्दा बढी ०.५४ प्रतिशतले बढेको छ भने, व्यपार समूहको परिसूचक सबैभन्दा बढी १.५३ प्रतिशतले घटेको छ ।

कारोबारमा आएको ६९ कम्पनीको सेयर मूल्य बढेको छ । १४४ कम्पनकिो सेयर मूल्य घटेको छ भने, ७ कम्पनीको सेयर मूल्य स्थिर छ ।

कारोबार रकमको आधारमा हिमालयन डिस्टिलरी शीर्ष स्थानमा छ । कम्पनीको २ करोड ४४ लाख ४९ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

त्यस्तै, नेपाल टेलिकमको २ करोड २८ लाख ४६ हजार, शिवम् सिमेन्टको २ करोड १५ लाख ४९ हजार र तारागाँउ रिजेन्सीको २ करो रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । बाँकी कम्पनीको २ करोड भन्दा कम सेयर कारोबार भएको छ ।

 

 

GBIME

प्रतिक्रिया दिनुहोस्