Shikhar Insurance

निरन्तर पाँचौ कारोबारको दिन पनि घट्यो सेयर बजार, शिवम् सिमेन्टको सर्वाधिक कारोबार

सिंहदरबार संवाददाता
२०८० बैशाख २०, बुधबार १५:१६
NIMB
Nabil Bank

काठमाडौं । बुधबार सेयर बजार घटेर बन्द भएको छ । गत साताको बुधबारदेखि निरन्तर घटेको सेयर बजार पाँच कारोबारको दिन पनि घटेर बन्द भएको हो । पाँच कारोबारको दिनमा नेप्से परिसूचक ५२.१९ अंकले घटेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार ९.१८ अंकले घटेर १,८५७.२३ को विन्दुमा बन्द भएको छ भने ठुला कम्पनीको सेयर मापक सेन्सेटिभ इण्डेक्स पनि १.१९ अंकले घटेर ३५५.८३ को विन्दुमा बन्द भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कारोबारमा आएको ५१ कम्पनीको सेयर मूल्य बढेको छ । १५६ कम्पनीको सेयर मूल्य घटेको छ भने, १२ कम्पनीको सेयर मूल्य स्थिर छ ।

बुधबार दिनभरीमा २६५ कम्पनीको २१ लाख ५५ हजार ५८६ कित्ता सेयर ६२ करोड २ लाख ६६ हजार रुपैयाँमा खरिदबिक्री भए ।

बुधबार नेप्से परिसूचक घटेपनि आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाकोे सेयर मूल्य सर्वाधिक ६.०९ प्रतिशतले बढेको छ । त्यस्तै, स्वत गंगा हाइड्रोपावरको ५.६६ प्रतिशत र इन्फिनिटी लघुवित्तको ४.०३ प्रतिशतले सेयर मूल्य बढेको छ । कारोबाको आएको नबील ग्रोथ फण्डको मूल्य सबैभन्दा बढी ५.३५ प्रतिशतले घटेको छ ।

कारेबार रकमको आधारमा शिवम् सिमेन्ट शीर्ष स्थानमा छ । कम्पनीको ३ करोड ५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।
त्यसैगरी,हिमालयन डिस्टिलरीको २ करोड ५६ लाख र हिमाल दोलखा हाइड्रोपावर कम्पनीको २ करोड २९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यसदिन ११ वटा समूहका परिसूचक घटेको छ भने, उत्पालनमुलक समूह ०.०१ प्रतिशत र म्युचुअल फण्ड समूह ०.१९ प्रतिशतले बढेको छ । यसदिन सबत्रैभन्दा बढी होटल एण्ड टुरीजम समूहको परिसूचक १.४८ प्रतिशतले घटेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्