Shikhar Insurance

आरबिबि म्युचुअल फण्ड २ को इकाईमा आवेदन दिने म्याद थप, अब कहिलेसम्म आवेदन दिन पाउँने ?

सिंहदरबार संवाददाता
२०८० बैशाख २१, बिहीबार ११:३५
NIMB
Nabil Bank

काठमाडौं । आरबिबि मर्चेन्ट बैंकिगले बैशाख १७ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको आरबिबि म्युचुअल फण्ड २ को इकाईका लागि आवेदन दिने म्याद थप गरेको छ।

उक्त फण्डको इकाईका लागि अब आवेदकले बैशाख ३१ गतेसम्म आवेदन दिन सकिनेछ। सो अवधिमा मागभन्दा बढी संख्यामा आवेदन प्राप्त भएमा बैशाख ३१ गतेभन्दा अगावै निष्काशन तथा बिक्री बन्द गर्न सकिने क्यापिटलले जनाएको छ।

Citizen Life
Kumar Bank
Nepal Life

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो।

निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाईसंख्याको १५ प्रतिशत वा १ करोड ८० लाख इकाई कोष प्रवर्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्री गरिएको हो। उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने छन्।

आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो।

आरबिबि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो फण्डको इकाईमा कम्तीमा ५० प्रतिशत अर्थात ६ करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ र न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।

१० वर्ष अवधिको उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेब तथा एपबाट पनि आवेदन दिन सक्नेछन्। यो एक बन्दमुखी योजना हो।

 

GBIME

प्रतिक्रिया दिनुहोस्