Shikhar Insurance

बीमामा बीग मर्जरः तीन कम्पनी मिलेर खडा भयो ‘हिमालयन लाइफ’, बैशाख २६ देखि एकिकृत कारोबार

सिंहदरबार संवाददाता
२०८० बैशाख २२, शुक्रबार ११:१९
NIMB
Nabil Bank

काठमाडौं । बीमा क्षेत्रको सर्वाधिक ठूलो अर्थात बीग मर्जरपछि ‘हिमालयन लाइफ’ तयार भएको छ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर ‘हिमालयन लाइफ’ बनेको छ । बीग मर्जरपछिको बीग कम्पनीले बैशाख २६ गतेदेखि एकिकृत कारोबार आरम्भ गर्दैछ । तीन कम्पनी मर्ज भएर बन्ने हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुग्नेछ ।

तीनै कम्पनीले बराबर स्वाप रेसियो अर्थात १ः१ः१ मा मर्जरका लागि बैशाख १३ गते नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए । तीन वटै कम्पनीले बैशाख ६ गते छुट्टा छुट्टै बिशेष साधारण सभा गरेर मर्जर सम्बन्धी प्रस्ताव पास गरेका थिए । तीनै कम्पनीको संयुक्त मर्जर कमिटीले हिमालयन लाईफका नामबाट कारोबार गर्ने सम्झौता माघ १ गते नै गरेका थिए । तीन जीवन बीमा कम्पनीहरूले एकापसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा बैशाख २९ गते हस्ताक्षर गरेका थिए ।

Citizen Life
Kumar Bank
Nepal Life

नेपाल धितोपत्र बोर्डले यो मर्जरलाई बैशाख १९ स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते स्वीकृति दिएको थियो । प्राइम लाइफको कार्यालयमा केन्द्रिय कार्यालय रहनेछ भने बैशाख २३, २४ र २५ गते डाटा माइग्रेशनका लागि तीन वटै कम्पनीका बीमा सेवा बन्द रहनेछन् ।

हिमालयन लाइफले नेपालका ठूला व्यावसयीक घरानाहरुलाई जोड्नेछ । हिमालयनमा राजेन्द्र खेतान, शंकर ग्रुप, शेखर गोल्छा, एमभी दुगड समुह एकै ठाउँमा जोडिनेछन् ।

पछिल्लो समय हिमालयन रिको लाइसेन्स लिएको समुहले ‘हिमालयन’ ब्राण्डमा व्यवसायीक साम्राज्य खडा गर्ने प्रयास गरिरहेको छ । व्यवसायी दिपक भट्टको अगुवाईमा हिमालयन रिको लाइसेन्स हासिल गरेको समुहले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएको छ । सोही समुहले हिमालयन ब्राण्डमै कमोडिटी एक्सचेञ्जका लागि समेत आवेदन दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्