Shikhar Insurance

प्रभु लाइफको ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स’ सेल्स कार्यक्रम सम्पन्न

सिंहदरबार संवाददाता
२०८० बैशाख २४, आईतवार २०:४५
NIMB
Nabil Bank

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सले इटहरीमा ‘सक्सेस मन्त्र फर लाइफ इन्स्योरेन्स सेल्स’ कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा शनिबार कम्पनीका प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका एजेन्सी लिडर्सहरुको सहभागीता रहेको थियो ।

यस किसिमका सेल्स मोटिभेसन सेसनले कम्पनीमा आवद्ध बीमा मध्यस्थकर्ताहरुको कार्यक्षमता बृद्धि एवं व्यवसायीक सफलतामा सहयोग पुग्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले बताए ।
‘हामीले आफ्नो कामलाई महत्वका साथ निरन्तरता दिन सकियो भने सफलताले तपाई हामीलाई खोज्दै आउने छ । त्यसैले आफ्नो कामलाई माया गरौ र निरन्तरता दिऔं,’ उनले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

यस्तै, प्रभु लाइफका नायव महाप्रबन्धक सोन बहादुर मगरले जीवन बीमाको औचित्व र जीवन बीमा मध्यस्थकर्ताका काम, कर्तब्यका बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय नेपाली मोटिभेसनल ट्रेनर बी.पी. रेग्मीले व्यवहारीक तरिकाले व्यवसायीक वृद्धिका सुत्रहरु बारेमा जानकारी दिएका थिए ।

कार्यक्रममा प्रदेश १ ‘ए’ र ‘बी’ अन्तर्गतका पाँच पाँच जना उत्कृष्ट बीमा अभिकर्ताहरुलाई सम्मान पनि गरिएको थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्