Shikhar Insurance

तीन कम्पनी मिलेर बनेको हिमालयन लाइफको एकीकृत कारोबार आजबाट

सिंहदरबार संवाददाता
२०८० बैशाख २६, मंगलवार ०८:४०
NIMB
Nabil Bank

काठमाडौं । बीमा क्षेत्रको सर्वाधिक ठूलो अर्थात बीग मर्जरपछि तयार भएको ‘हिमालयन लाइफ इन्स्योरेन्स’को एकिकृत कारोबार आजबाट सुरु हुँदैछ । प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफ मिलेर बनेको ‘हिमालयन लाइफ’ बनेको हो ।

तीन कम्पनी मर्ज भएर बन्ने हिमालयन लाइफको चुक्ता पुँजी ७ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ । हिमालयन लाइफमा नेपालका ठूला व्यावसयीक घरानाहरुको लगानी छ । हिमालयनमा राजेन्द्र खेतान, शंकर ग्रुप, शेखर गोल्छा, एमभी दुगड समुह एकै ठाउँमा जोडिएका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

तीनै कम्पनीले बराबर स्वाप रेसियो अर्थात १ः१ः१ मा मर्जरका लागि बैशाख १३ गते नेपाल बीमा प्राधिकरणबाट अन्तिम स्वीकृति पाएका थिए । तीन वटै कम्पनीले बैशाख ६ गते छुट्टा छुट्टै बिशेष साधारण सभा गरेर मर्जर सम्बन्धी प्रस्ताव पास गरेका थिए । तीनै कम्पनीको संयुक्त मर्जर कमिटीले हिमालयन लाईफका नामबाट कारोबार गर्ने सम्झौता माघ १ गते नै गरेका थिए । तीन जीवन बीमा कम्पनीहरूले एकापसमा गाभ्ने गाभिने (मर्जर) सम्बन्धी प्रारम्भिक सम्झौतामा बैशाख २९ गते हस्ताक्षर गरेका थिए ।

नेपाल धितोपत्र बोर्डले यो मर्जरलाई बैशाख १९ स्वीकृति दिएको थियो भने कम्पनी रजिष्ट्रार कार्यालयले बैशाख २० गते स्वीकृति दिएको थियो ।

पछिल्लो समय हिमालयन रिको लाइसेन्स लिएको समुहले ‘हिमालयन’ ब्राण्डमा व्यवसायीक साम्राज्य खडा गर्ने प्रयास गरिरहेको छ । व्यवसायी दिपक भट्टको अगुवाईमा हिमालयन रिको लाइसेन्स हासिल गरेको समुहले नयाँ स्टक एक्सचेञ्जका लागि आवेदन दिएको छ । सोही समुहले हिमालयन ब्राण्डमै कमोडिटी एक्सचेञ्जका लागि समेत आवेदन दिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्