Shikhar Insurance

प्रभु लाइफ इन्स्योरेन्सद्वारा कुल १०.५२ प्रतिशत लाभांश घोषणा, बोनस सेयर कति ?

सिंहदरबार संवाददाता
२०८० बैशाख २६, मंगलवार १०:५८
NIMB
Nabil Bank

काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्ले लगानीकर्ताहरुलाई वितरण गर्न लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्न कुल १०.५२ प्रतिशत लाभांश घोषणा गरेको हो ।

इन्स्योरेन्सको बैशाख २५ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Citizen Life
Kumar Bank
Nepal Life

इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजी २ अर्ब रुपैयाँको १० प्रतिशतका दरले हुन आउने २० कराेड रुपैयाँ बराबरको बोनस सेयर र सोको कर प्रयोजनार्थका लागि ०.५२६ प्रतिशतका दरले हुन आउने १ करोड ५ लाख २६ हजार ३१६ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण सेयरधनीहरुलाई गरिनेछ।

GBIME

प्रतिक्रिया दिनुहोस्