Shikhar Insurance

हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद नाफा ६.६३ प्रतिशतले बढ्यो, अधिंकाश सूचक सकारात्मक

सिंहदरबार संवाददाता
२०८० बैशाख ३१, आईतवार ११:५८
NIMB
Nabil Bank

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्सले तेस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार यस त्रैमाससम्मा कम्पनीको खुद नाफा ६.६३ प्रतिशतले बढेको छ । कम्पनीको खुद मुनाफा तेस्रो त्रैमासमा २३ करोड ७ लाख रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीले २१ करोड ६४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

यस त्रैमासमा कम्पनीको खुद बीमाशुल्क आर्जन २६.०२ प्रतिशतले बढेर ८९ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको सोहि अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन ७० करोड रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार महाविपत्तिकोषको रकम १६८ प्रतिशतले बढेको देखिएको छ। यस त्रैमाससम्मा कम्पनीले महाविपत्ति कोषमा ५ करोड ११ करोड रुपैयाँ रकम संचित गरेको छ। गत आवको सोहि अवधिमा कम्पनीको ममहाविपपत्ति कोषको रकम १ करोड ५० लाख रुपैयाँ रहेको थियो ।

महाविपत्ति कोष बाहेक कम्पनीको बीमा र जगेडा कोष पनि वृद्धि भएको छ। कम्पनीको बीमा कोष ६.३८ प्रतिशत र जगेडा कोष ५६.१३ प्रतिशतले बढेको हो।  तेस्रो त्रैमासमा कम्पनीको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ७४ पैसा र प्रतिसेयर नेटवर्थ १९५ रुपैयाँ ३६ पैसा छ ।

कम्पनीले यस त्रैमासको अवधिमा खुद दाबी भुक्तानी ४३ प्रतिशतले बढेर १६ करोड ८१ लाख पुगेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले १८ करोड ६६ लाख रुपेयाँ खुद बीमा दाबी भुक्तानी गरेको थियो ।

यस त्रैमाससम्मा कम्पनीको कुल बीमाशुल्क आर्जन ४.६६ प्रतिशतले छ ।  त्यस्तै, कम्पनीको जारी बीमा पोलिसी सङख्या २०.८५ प्रतिशतले बढेको छ। कम्पनीको व्यवस्थापन खर्च १४.३६ प्रतिशतले बढेर ३१ करोड ५६ लाख रुपैयाँ पुगेको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्