Shikhar Insurance

जेठ २१ देखि एकीकृत कारोबार थाल्दै अजोड युनाइटेड, यस्तो हुनेछ कम्पनी

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार १३:५७
NIMB
Nabil Bank

काठमाडौं । अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स कम्पनीले जेठ २१ गतेदेखि एकीकृत कारोबार थाल्ने भएका छन् । दुई कम्पनीले मर्जरपछि अजोड युनाइटेड इन्स्योरेन्स कम्पनीको नामबाट एकीकृत कारोबार गर्न लागेका हुन् ।

यी दुई कम्पनीबीच २०७९ पुस २६ गते मर्जरमा जाने सैद्धान्तिक समझदारी पत्रमा हस्ताक्षर भएको थियो । नेपाल बिमा प्राधिकरणले यी दुई कम्पनीलाई पुस २९ गते मर्जरका लागि सैद्धान्तिक सहमति दिएको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

युनाइटेड इन्स्योरेन्सको एक सय कित्ता सेयर बराबर अजोडको ८२.५ कित्ता हुने गरी अर्थात् १००ः ८२.५को अनुपातमा मर्जर हुन लागेको हो । अजोड इन्स्योरेन्सले प्रभु इन्स्योरेन्ससँग मर्जर तोडेर युनाइटेडलाई रोजेको थियो ।

हाल युनाइटेडको चुक्ता पुँजी १ अर्ब २ करोड छ भने अजोडको चुक्ता पुँजी एक अर्ब रुपैयाँ रहेको छ । मर्जरपछि बोनस सेयर वितरण गर्ने र त्यसले पनि नपुगेको पुँजीका लागि हकप्रद सेयर जारी गर्ने कम्पनीको तयारी छ ।

युनाइटेड इन्स्योरेन्समा चौधरी ग्रुपको मुख्य लगानी छ भने अजोड इन्स्योरेन्समा भाटभटेनी समूह, कालु गुरुङ, आजाद श्रेष्ठलगायतको लगानी रहेको छ । अजोडका अध्यक्ष आजाद श्रेष्ठलाई अध्यक्ष बनाउने समझदारी भैसकेको छ भने एकीकृत कम्पनीका लागि सीईओको खोजी जारी छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्