Shikhar Insurance

स्मार्टफोन रेडमी १० अब छुट मूल्यमा, कति छ मूल्य ?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३, बुधबार १६:५८
NIMB
Nabil Bank

काठमाडौं। साओमीले रेडमी १० ९२०२२० नेपाली  प्रयोगकर्ताहरूका लागि जेठ २ देखि जेठ १७ सम्मको सिमित अवधिका लागि छुट मूल्यमा उपलब्ध गराउने भएको छ। आफ्ना उपभोक्ताहरुलाई सुपथ मूल्यमा गुणस्तरीय फोनको अनुभव प्रदान गर्ने उद्देश्यले रेडमी १० मा अफर ल्याएको कम्पनीको भनाइ छ।

साओमी नेपालका कन्ट्री जनरल म्यानेजर अमित कुमार पंडाले भने, “ग्राहकहरूले सुपथ  मूल्यमा उच्च–गुणस्तरको स्मार्टफोनहरू चाहेको कुरा हामीले राम्रोसँग बुझेका छौं। हामी विश्वस्त छौं कि रेडमी १० २०२२ को प्रभावशाली सुविधाहरू र कार्यसम्पादनका साथ ग्राहकको अपेक्षाहरू पूरा गर्न गर्नेछ।”

Citizen Life
Kumar Bank
Nepal Life

रेडमी १० ९२०२२० ४जीबी‍+६४ जीबी को वास्तविक मूल्य २० हजार ४ सय ९९ रूपैयाँ रहेको छ । यस्तै  छुट पछि यसको मूल्य  १९ हजार ९ सय ९९ रूपैयाँ कायम गरिएको कम्पनीको भनाइ छ  रेडमी १० ९२०२२० ६जीबी+१२६ जीबी को वास्तविक मूल्य  २३ हजार ९ सय ९९ रूपैयाँ रहेकामा छुटपछि मूल्य  २२ हजार ९ सय ९९ रूपैयाँ पर्ने कम्पनीको भनाइ छ।

यो फोन  देशभरका सबै अधिकृत स्टोरहरू, आधिकारिक खुद्रा विक्रेताहरू र इ–कमर्स प्लेटफर्महरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्