Shikhar Insurance

भरतपुर अस्पतालद्वारा पाँच वर्षमा १ अर्ब १९ करोडभन्दा बढीको बिमामार्फत उपचार

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १४:०२
NIMB
Nabil Bank

चितवन। सरकारी भरतपुर अस्पतालले विगत पाँच वर्षमा १ अर्ब १९ करोड रूपैयाँभन्दा बढीको स्वास्थ्य बिमामार्फत उपचार सेवा दिएको छ । जसबाट ७ लाख १ हजार १ सय ४१ पटक सेवाग्राहीले सेवा लिएका छन् ।

अस्पतालमा विसं २०७४ भदौ १ गतेदेखि बिमा कार्यक्रम लागू भएको हो । गएको चैत मसान्तसम्म अस्पतालमा १ अर्ब १९ करोड ३७ लाख २६ हजार ३ सय ५८ रूपैयाँ निकासा भइसकेको छ । गत चैतसम्ममा भुक्तानी आउन बाँकी ५ करोड हाराहारी छ ।

Citizen Life
Kumar Bank
Nepal Life

अस्पतालका स्वास्थ्य बिमा कार्यक्रम प्रमुख लीलाधर पौडेलका अनुसार यस आर्थिक वर्षको चैतसम्ममा ३९ करोड १० लाख ७४ हजार ४ सय ७१ रूपैयाँ निकासा भइसकेको छ । गत आर्थिक वर्षमा ३० करोड ७९ लाख ७४ हजार ५ सय १२ रूपैयाँ निकासा भएको थियो । आर्थिक वर्ष २०७७/७८ मा ९ करोड ७२ लाख ५२ हजार १ सय ८१ रूपैयाँ निकासा भएको थियो । आर्थिक वर्ष २०७६/७७ मा यो रकम २३ करोड ८८ लाख ४ हजाार ७ सय ५० रूपैयाँ थियो । आव ०७५/७६ मा १४ करोड ५७ लाख २८ हजार २ सय २२ रूपैयाँ थियो भने पहिलो वर्ष २०७४/७५ मा १ करोड २८ लाख ९२ हजार २ सय २० रूपैयाँ थियो ।

पौडेलका अनुसार अस्पतालमा दैनिक ७ लाखदेखि ११ लाख रूपैयाँसम्मको दाबी हुने गर्छ । बिमाका बिरामी दैनिक सरदर ६ सयजना आउने गर्छन् । एकै दिन एक हजार चार सयसम्म बिमाका बिरामी आएको तथ्याङ्क रहेको उहाँको भनाइ छ । आकस्मिक सेवामा सरदर ६५ जना दैनिक छन् भने यो सङ्ख्या एक सयसम्म पुग्ने गरेको छ । दैनिक भर्ना दर २० जना रहेको उनले जानकारी दिए। यो सङ्ख्या बढीमा ५० जनासम्म हुने गरेको छ ।

चालु आर्थिक वर्षको चैत मसान्तसम्म बिमामार्फत ७० हजार ४ सय १९ जनाले १ लाख ७६ हजार ६ सय सातपटक सेवा लिएका छन् । अस्पतालबाट रिफर भएर जानेको सङ्ख्या चालू आर्थिक वर्षमा सात हजार तीन सय चार हुँदा रिफर भएर आउनेको सङ्ख्या चार हजार चार सय तीन रहेको छ । अस्पतालमा आउने बिरामीमध्ये ७१ प्रतिशत बीमाका छन् भने २९ प्रतिशत मात्रै नगदमा उपचार गराउने रहेको पौडेलले जानकारी दिए।

चालू आर्थिक वर्षमा ३९ करोड १० लाख ७४ हजार ४ सय ७१ बिमाबाट आम्दानी हुँदा नगदबाट १७ करोड ९८ लाख रूपैयाँ मात्रै भएको छ । आउने अधिकांश बिरामी बीमाका रहेका छन् । एकै दिन ४४ जनासम्मले बीमामार्फत सिटीस्क्यान सेवा लिएको पौडेलको भनाइ छ । चितवन जिल्लासँगै तनहुँ, गोरखा, लम्जुङ, नवलपरासी, मकवानपुर, धादिङलगायतका जिल्लाका विभिन्न पालिकाले प्रथम विन्दु भरतपुर अस्पताल बनाएका छन् भने यहाँ अध्ययन र रोजगारीका सिलसिलामा रहने धेरैको प्रथम विन्दु यही अस्पताल हुने गरेको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा डा कृष्णप्रसाद पौडेलले अस्पतालको बीमा कार्यक्रम उत्कृष्ट रहेको भन्दै दाबी राम्रो भएकाले भुक्तानी सबै आएको बताए। दाबी प्रक्रिया नमिलेमा अस्पतालको आम्दानी घट्ने भन्दै उनले देशका अन्य अस्पतालको तुलनामा भरतपुर अस्पतालले राम्रो गर्न सकेको बताए। बिरामीको सहजताका लागि काउन्टर थप गर्ने तयारीमा अस्पताल रहेको उनको भनाइ छ । सकेसम्म बिरामीलाई सहजता दिलाउन आफूहरु लागिपरेको पौडेल बताए। बीमा बोर्डले समेत भरतपुर अस्पतालको बीमा दाबी पद्धतिलाई राम्रो मानेको भन्दै उनले क्रमशः अस्पतालको मुख्य स्रोत बिमा बन्दै गएको बताए।

अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले अस्पतालको बिमा कार्यक्रम देशमै उत्कृष्ट भएको बताए। अस्पतालमा झन्डै ७० प्रतिशत बिरामी बिमाको हुनु आफैंमा राम्रो भएको भन्दै उनले दाबी प्रक्रिया बोर्डको नियमानुसार भएकाले भुक्तानीमा समस्या नभएको बताए। उनले भने, “हाम्रो बिमा दाबी र व्यवस्थापन देशमै उत्कृष्ट बनेको छ ।” अस्पतालले पालिकाहरुसँग सहकार्य गरेर आम नागरिकलाई बिमामा ल्याउने गरी अभियान सञ्चालन गर्न लागेको उनको भनाइ छ । पालिकाहरुमा रहेका अति विपन्नलाई सरकारी तवरबाट बीमा गराउन सकेमा उपचार बिमामार्फत गरेर लाभ दिलाउन सकिने पौडेलको भनाइ छ ।

अस्पतालमा सेवाहरु विस्तार गरी अन्यत्र रिफर गर्नुपर्ने सङ्ख्या घटाउने गरी योजना अघि सारिएको उनले जानकारी दिए । पौडेलले भने, “बिमामा आउने बिरामीका लागि कसरी सहज उपचार दिन सकिन्छ भनेर हामी केन्द्रित छौँ ।” अस्पतालमा एमआरआई, क्याथल्याब जस्ता अत्याधुनिक सेवा उपलब्ध नहुँदा बिरामी धेरै रिफर हुने गरेका छन् । भरतपुर अस्पतालले ती दुवै सेवा छिट्टै सञ्चालन हुने गरी प्रक्रिया अघि बढाएको उनले जानकारी दिए।

स्वास्थ्य बिमामा पाँचजना परिवारले ३ हजार ५ सय रूपैयाँ तिरेर एक वर्षभर १ लाख रूपैयाँसम्मको सेवा लिँदै आएको छन् । विपन्न परिवारका लागि यो रकम कम भएकाले दायरा बढाउनुपर्ने देखिएको छ । अस्पतालहरुले बीमाका बिरामीलाई अन्य बिरामीको तुलनामा फरक ढङ्गले सेवा दिने गरेको गुनासो बिरामीहरुबाट आउने गरेको छ ।

ती गुनासोहरुलाई सम्बोधन गर्नुपर्ने लाभग्राहीहरु बताउँछन् । सेवाग्राहीहरुले जुन ढङ्गले सहज उपचार पाउनुपर्ने हो, पाउन नसकेको गुनासो गर्दै आएका छन् । सेवा प्रदायक संस्थादेखि बीमा बोर्डसम्मले सुधार गरेर गुनासो नआउने गरी काम गर्नुपर्ने देखिएको छ । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्