Shikhar Insurance

भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसेः शशाङ्क कोइराला

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १५:३६
NIMB
Nabil Bank

त्रिवेणी । नेपाली कांग्रेसका नेता एवं संघीय सांसद डा शशाङ्क कोइरालाले भ्रष्टाचार निर्मूल गर्ने प्रयत्न गर्नुपर्ने बताएका छन्।

नवलपुरको कावासोतीमा भएको नेपाल पे्रस युनियन नवलपरासीपूर्व नवलपुरको एघारौँ साधारणसभा तथा अधिवेशनमा उनले संसद्मा भ्रष्टाचारका सम्बन्धमा आफ्नो भनाइमा प्रष्टीकरण दिँदै भने, “मैले भ्रष्टाचार निर्मूल हुन त सक्दैन, कम गर्नुपर्छ भन्दा सबै हाँसे, निर्मूल गर्ने त प्रयत्न गर्नुपर्छ, प्रयत्न गर्नुपर्याे भन्ने मेरो भनाइ थियो, यसलाई प्रष्टीकरणका रुपमा यहाँ भन्दै छु ।”

Citizen Life
Kumar Bank
Nepal Life

सो अवसरमा उनले समाज रूपान्तरणमा पत्रकारको ठूलो भूमिका रहने बताए । “जसले पत्रकारिता बुझेको छ, समाचार सम्प्रेषण गर्छन्, तिनीहरुको समाज रूपान्तरणमा ठूलो भूमिका हुन्छ ।” नेता कोइरालाले निष्पक्ष भएर समाचार सम्प्रेषण गर्नु पत्रकारको कर्तव्य भएको बताए।

 

GBIME

प्रतिक्रिया दिनुहोस्