Shikhar Insurance

२ वर्षभित्र पाँच लाख युवालाई देशभित्रै रोजगारी दिने

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ५, शुक्रबार १७:५०
NIMB
Nabil Bank

काठमाडौं । सरकारले आगामी दुई बर्षभित्र पाँच लाख युवाहरुलाई स्वदेश भित्रै रोजगारी दिने घोषणा गरेको छ । आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम मार्फत सरकारले आगामी २ वर्षभित्र पाँच लाख युवाहरुलाई आन्तरिक रोजगारी दिने बताएको हो । त्यसका लागि सरकारले ‘युवासँग सरकार, हुने छैनन् बेरोजगार अभियान’ चलाउने भनेको छ । सरकारले निजी क्षेत्रसँग मिलेर सञ्चालन गरिने यो अभियानलाई राष्ट्रिय शिप विकास तथा रोजगार कार्यक्रम सञ्चालन भनेको छ ।

सरकारले अहिले तामिल दिईरहेका संस्थाहरुलाई मिलाएर राष्ट्रिय प्राबिधिक तथा व्यवसायीक प्रशिक्षण प्रतिष्ठान गठन गर्ने भनेको छ । सरकारले वैदेशिक रोजगारीका लागि नयाँ नयाँ गन्तव्यहरु खोजि गरि श्रम सम्झौता गर्ने भनेको छ । हाल श्रम सम्झौता भएका मुलुकहरुसँगको श्रम सम्झौता नविकरण गर्ने योजना पनि अघि सारेको छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्