Shikhar Insurance

१० महिनाको अवधिमा रसुवामा ट्राफिक कारबाहीबाट ४० लाख जरिवाना

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ८, सोमबार १२:१७
NIMB
Nabil Bank

रसुवा । पासाङल्हामु मार्गअन्तर्गत रसुवा जिल्लामा प्रवेश गर्ने अधिकांश सवारी साधन दिनहुँ ट्राफिक कारबाहीमा पर्न थालेका छन् । ऐन नियमको पूर्णपालना गरी सवारीसाधन सञ्चालन गर्न ट्राफिक प्रहरीको अनुरोधलाई बेवास्ता गर्ने सवारी चालक कारबाहीमा परेका हुन् ।

ट्राफिक प्रहरीले पटक पटक अनुरोध गर्दा यातायात व्यवस्था कार्यालयको अनुमति नल्याउने, सवारी साधन गुडाउँदा साथमा बिलबुक नराख्ने, सवारी चालक अनुमति पत्र नल्याउने गरेका कारण ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको हो । यसरी कारबाही पर्नेमा मोटरसाइकलदेखि सानाठूला सबै प्रकारका सवारी साधन रहेका छन् ।

Citizen Life
Kumar Bank
Nepal Life

गत साउनदेखि वैशाख मसान्तसम्म कूल तीन हजार आठ सय ७० सवारी साधन कारबाहीमा परेका छन् । ती सवारी साधनमध्ये ट्रक, टिपर एक हजार नौ सय ३८, यात्रुबाहक बस एक सय ५८, कार, जीप, भ्यान जस्ता हल्का सवारी आठ सय ९४ र मोटरसाइकल आठ सय ८० रहेको ट्राफिक प्रहरीका अभिलेखकर्ता जयराम लामिछानेले बताए।

साना सवारी साधनका चालकले ठूलाठूला कन्टेनरसमेत चलाई अनियमित गरेको भेटिन थालेपछि ट्राफिक परीक्षण कार्यलाई निरन्तररूपमा तीव्रता दिइएको निमित्त जिल्ला ट्राफिक प्रहरी इञ्चार्ज सन्तोष घिमिरेले बताए । सवारी नियम उल्लङ्घन गर्ने सवारी चालकउपर कारबाहीस्वरूप जरिवाना मात्र गर्ने प्रावधानअनुरूप १० महिनाको अवधिमा असुल गरिएको ४० लाख ६५ हजार जरिवाना राज्य कोषमा दाखिला गरिसकेको जिल्ला ट्राफिक प्रहरीले जनाएको छ ।

चलु आवको १० महिनाको अवधिमा रसुवाका विभिन्न भागमा सानाठूला गरी १७ सवारी साधन दुर्घटना भएको बताइएको छ । बेत्रावती, मैलुङ स्याफ्रुबेँसीतर्फका नदी किनारको निर्माणाधीन सडकबाट मालवाहक कन्टेनर डिब्बा ओहोरदोहोर भइरहेकाले उक्त क्षेत्रमा पनि ट्राफिक परीक्षण तीव्र पारिएको ट्राफिक प्रहरी हवल्दार हरिचन्द्र दुलालले जानकारी दिए ।

धार्मिक मार्गको सरसफाइ

जिल्ला प्रहरी कार्यालय रसुवाले पवित्रतीर्थ गोसाइँकुण्ड जाने धार्मिक मार्गअन्तर्गत धुञ्चेदेखि मिनी गोसाइँकुण्ड तिवारी बगरसम्मको पैदल मार्गको सरसफाइ सम्पन्न गराएको छ ।

प्रहरी निरीक्षक झलक शर्मा पौडेलको नेतृत्वमा खटिएको प्रहरी अधिकृत तथा जवानले पैदल मार्गको साथै मिनी गोसाइँकुण्डका क्षेत्रमा सरसफाइ गरेको थियो । विशेष सफाइबाट यत्रतत्र छरिएका एक टनभन्दा बढी फोहर सङ्कलन तथा व्यवस्थापन गरिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

यात्रु फर्कन थाले

गङ्गा दशहरा पर्व आरम्भ भएको पहिलो दिन शनिबार पवित्रतीर्थ गोसाइँकुण्ड पुगेका तीर्थयात्रु फर्कने क्रम सुरु भएको छ । मौसम सफा भएका कारण स्नान तथा पूजाआजामा सरलता मिलेको भक्तजनले बताएका छन् । पवित्रतीर्थ गोसाइँकुण्डमा काठमाडौं उपत्यकालगायत काप्रेपलाञ्चोक, सिन्धुपाल्चोक, धादिङ, नुवाकोट, पाल्पा, चितवान, गोर्खाको क्षेत्रबाट भक्तजन आएको स्थानीय होटल व्यवसायीले बताएका छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्