Shikhar Insurance

गोरखामा १ लाख २० हजार पशुचौपायालाई खोप

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १२, शुक्रबार १२:०५
NIMB
Nabil Bank

गाेरखा। गोरखाको दुई पालिकाभित्रका करिब १ लाख २० हजार पशुचौपायालाई खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिका र आरुघाट गाउँपालिकाभित्रका गाईभैंसी, बाख्रा, बङ्गुर तथा कुकुरलाई विभिन्न रोगविरुद्धको खोप लगाइएको हो ।

पशुसेवा विज्ञ केन्द्रका अधिकृत तथा सूचना अधिकारी डा. लालमणि अर्यालका अनुसार भीमसेन थापा गाउँपालिकामा १४ हजार १ सय ३४ गाईभैंसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप लगाइएको छ । त्यस्तै ९ सय १२ बंगुरलाई स्वाइन फिवरविरुद्धको खोप र ३९ हजार ९ सय २२ बाख्रालाई पीपीआर रोगविरुद्ध खोप लगाइएको छ । भीमसेन थापा गाउँपालिकामा ७ सय ११ कुकुरलाई पनि यस वर्ष रेबिजविरुद्धको खोप दिइएको डा आर्चायले जानकारी दिए।

Citizen Life
Kumar Bank
Nepal Life

त्यस्तै आरुघाटमा १७ हजार आठ सय ९१ गाईभैँसीलाई खोरेत, भ्यागुते रोग र चरचरेविरुद्धको खोप र १ हजार ६ सय ३५ बङ्गुरलाई स्वाइन फिवरविरुद्धको खोप लगाइएको छ । आरुघाटभित्र ४२ हजार ६ सय ४७ बाख्रालाई पीपीआरविरुद्धको तथा १ हजार ४ सय ५५ कुकुरलाई रेबिजविरुद्धको खोप लगाइएको छ ।

जिल्लामा पशुधनको सुरक्षाका लागि २०७८ सालदेखि सुरु भएको खोप कार्यक्रम अहिले चार स्थानीय तहमा विस्तार भएको डा. आर्चायले बताए। “खोप कार्यक्रम सञ्चालन भएका क्षेत्रमा बाख्रामा पीपीआरविरुद्धको खोप लगाएपछि रोग देखापरेको छैन”, उनले भने । रासस

GBIME

प्रतिक्रिया दिनुहोस्