Shikhar Insurance

अमेरिकालाई टाट पल्टिनबाट जोगाउने खर्ब डलरको एउटा सिक्का

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार ०८:२२
NIMB
Nabil Bank

बासिङटन । अमेरिकालाई कर्जा संकटबाट जोगाउन रिपब्लिक र डेमोक्र्याट्सहरुसँग समय घर्किँदैछ । जुन महिना अघि कर्जा सिमा बढाउने सहमति भएन भने अमेरिका डिफल्ट हुनेछ । किन की अमेरिका संसारकै अर्थव्यवस्थाको धुरी हो र यसको असर विश्व अर्थतन्त्रमै पर्नेछ ।

हालैका दिनमा ह्वाइट हाउसमा रिपब्लिकनहरुले संवाद सकारात्मक दिशामा अघि बढेको संकेत गरेका छन् । तर नागरिकहरुमा भने अन्यौलता कायमै छ । यस्तो अवस्थामा केहि विद्धान र विश्लेषकहरुले अमेरिकालाई टाट पल्टिनबाट जोगाउन उपायका रुपमा एक खर्ब अमेरिकी डलरको प्लाटिनम सिक्काको चर्चा सुरु गरेका छन् । यहि सिक्काले अमेरिकालाई टाट पल्टिनबाट जोगाउने उनीहरुको तर्क छ ।

Citizen Life
Kumar Bank
Nepal Life

सन १९९७ मा बनेको एक कानुनमा अमेरिकी ट्रेजरी सेक्रेटरीलाई कुनै पनि कारणले जति पनि मूल्यको प्लाटिनम सिक्का जारी गर्ने अनुमति दिएको छ । उनीहरुका अनुसार यदि अमेरिकी कँग्रेसमा कर्जा सिमा बढाउन सहमति जुटेन भने यहि सिक्काको माध्यमबाट सरकारले आफ्नो खर्चको जोहो गर्न सक्छ । र मुलुक पनि टाट पल्टिनबाट जोगिनेछ ।

जबकी ट्रेजरी सेक्रेटरी जैनेट येलेनले यो आइडियालाई खारेज गरिसकेकका छन् । तर बाइडेन प्रशासनका केहि अधिकारी भने यो मामलामा सकारात्मक देखिएका छन् । यो बिषयमा सरकारले ठोस निर्णय लिएमा एक खर्ब डलरको सिक्का जारी हुनेछ ।

यद्यपी अमेरिकाको कर्जा सिमा बढाउने यो भने उचित समाधान भने नभएको विज्ञहरु नै बताउँछन् । फेरि पनि ट्रेजरी सेक्रेटरीसँग यस्तो बिशेष सिक्का जारी गर्ने अधिकार भने छ र मानिसहरुले त्यसलाई खरिद पनि गर्न सक्छन् ।
तर ट्रेजरी सेक्रेटरीलाई यस्तो बिशेष सिक्का जारी गर्ने अधिकार रहन्छ, जसलाई मानिसहरुले खरिद गर्न सक्छन् । एक खर्ब डलरको प्लाटिनम सिक्का छाप्ने निर्णय गरियो भने के हुन्छ ? युएस मिन्टका पूर्व प्रमुख फिलिम डिएलका अनुसार प्लाटिनम सिक्कामा जम्मा एक खर्ब डलर लेखेर फेडेरल रिजर्भमा पठाईदिए पुग्छ ।

मानिसहरुलाई लाग्न सक्छ की यत्रो रकम बोक्ने सिक्का ठूलो होला । तर एक खर्ब डलरको मूल्य धारण गर्ने यो प्लाटिनम सिक्का पनि जम्मा एक चौथाई डलरको सिक्का जत्रै हुनेछ । जसलाई खल्तिमै बोकेर पनि हिड्न सकिन्छ ।
यहाँसम्म की यो सिक्कामा एक खर्ब डलरमा जति शुन्य पछाडी राखिन्छ, त्यति उल्लेख पनि गर्नु पर्दैन् । यसमा एक ट्रिलियन डलर मात्रै लेखे पुग्छ ।

अब प्रश्न उठ्न, त्यति मात्रै लेख्दा पनि हुने भएपछि यो सिक्का किन प्लाटिनमकै बनाईयो ?
वास्तवमा अमेरिकी कानुन अनुसार ५० डलर भन्दा ठूला सिक्का लागि प्लाटिनम धातु नै अनिवार्य प्रयोग गर्नुपर्छ । एक खर्ब डलरको सिक्का जारी गर्ने आइडिया दिन विलमेट युनिभर्सीटीका प्रोफेसर रोहन ग्रे भन्छन्–‘यदि तपाई टाट पल्टिने वा मुद्रा छाप्ने मध्ये उक विकल्प छान्ने अवस्थामा पुग्नु भयो भने के रोज्नु हुन्छ ? कार्यपालिका डिफल्ट हुने अनुमति त दिन सकिन्न, त्यतिबेला मुद्रा छाप्नुनको विकल्पै हुन्न ।’

 

GBIME

प्रतिक्रिया दिनुहोस्