Shikhar Insurance

तातोपानी भन्सारबाट राजस्व संकलन न्यून

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार ११:५६
NIMB
Nabil Bank

चौतारा । चीनसँगको प्रमुख व्यापारिक नाका तातोपानी भन्सारबाट लक्ष्यभन्दा ज्यादै कम राजस्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७९/८० को वार्षिक लक्ष्य ४ अर्ब ३२ करोड ९५ लाख ७५ हजार रहेकामा वैशाखसम्मको असुली २ अर्ब ५४ करोड १४ लाख दुई हजार चार सय ८२ संकलन भएको तातोपानी भन्सारका प्रमुख भन्सार अधिकृत दयानन्द केसीले बताए। केसीका अनुसार वैशाखसम्मको लक्ष्य ३ अर्ब ८१ करोड ४५ लाख ७० हजार रुपैयाँ रहेको थियो ।

Citizen Life
Kumar Bank
Nepal Life

हालसम्म ६६.६६ प्रतिशत प्रगति भएको उनले जानकारी दिए । गत वर्षको तुलनामा केही प्रतिशत प्रगति देखिए पनि खासै प्रगति हुन नसकेको उनको भनाइ छ । तातोपानी नाकाबाट विसं २०७२ को भूकम्पअघि दैनिक डेढ करोडसम्म राजस्व असुली हुँदै आएको थियो । यसपछि २०७६ जेठ १५ गते पुनः सञ्चालनमा आए पनि सो नाका विभिन्न प्राकृतिक अवरोधले पूर्णरूपमा सञ्चालनमा आउन सकेको छैन ।

GBIME

प्रतिक्रिया दिनुहोस्