Shikhar Insurance

संघीय सरकारबाट हालसम्म कुल ३४ हजार १ सय किलोमिटर सडक निर्माण

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १४, आईतवार १८:१२
NIMB
Nabil Bank

काठमाडौं । हालसम्म संघीय सरकारबाट निर्माण भएको सडकको लम्बाइ ३४ हजार १ सय किलोमिटर पुगेको छ। २०७९ फागुनसम्म १७ हजार ४ सय ८० किलोमिटर कालोपत्रे, ७,९५६ किलोमिटर ग्रावेल र ८,६६४ किलोमिटर कच्ची सडक रहेको छ ।

कुल सडकमध्ये कालोपत्रे ५१.३ प्रतिशत, ग्रावेल २३.३ प्रतिशत र कच्ची सडक २५.४ प्रतिशत रहेको छ। २०७९ असारसम्म सडकको कुल लम्बाइ ३३ हजार ९ सय ९६ किलोमिटर रहेको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

चालु आर्थिक वर्षको फागुनसम्म थप १०४ किलोमिटर नयाँ सडक निर्माण भएको छ। यस अवधिमा ३१६ किलोमिटर सडक खण्डास्मित (ग्रावेल) स्तरमा र २४८ किलोमिटर सडक कालोपत्रे स्तरमा स्तरोन्नति भएको छ। साथै, ८,२५४ किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको छ भने २७८ किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको छ। यस अवधिमा ७५ पुलको निर्माण सम्पन्न भएको छ।

आर्थिक वर्ष २०७८र७९ मा २८० किलोमिटर नयाँ सडक निर्माण भएको थियो। यस अवधिमा ३३५ किलोमिटर खण्डास्मित स्तरमा स्तरोन्नति र ६१८ किलोमिटर कालोपत्रे स्तरमा सडक स्तरोन्नति भएको थियो।

साथै, ७,८०० किलोमिटर सडकको नियमित तथा पटके मर्मत भएको थियो भने २५० किलोमिटर सडकको आवधिक मर्मत सम्पन्न भएको थियो। सो अवधिमा २८२ पुलको निर्माण सम्पन्न भएको थियो।

राष्ट्रिय गौरवका तथा अन्य सडक आयोजनाहरू

मध्यपहाडी (पुष्पलाल) राजमार्गको कुल लम्बाइ १,८७९ किलोमिटर मध्ये २०७९ असारसम्म १,२५९ किलोमिटर कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ४२ किलोमिटर सडक कालोपत्रे भई १,३०१ किलोमिटर पुगेको छ। लोकमार्गमा पर्ने १३७ पुलमध्ये २०७९ फागुनसम्म ९७ पुलको निर्माण सम्पन्न भएको छ।

हुलाकी राजमार्गको कुल लम्बाइ १,८५७ किलोमिटर मध्ये २०७९ असारसम्म ८९१ किलोमिटर (लिङ्क सडक सहित) कालोपत्रे सम्पन्न भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ३६.५ किलोमिटर सडक कालोपत्रे भई २०७९ फागुनसम्म ९२७.५ किलोमिटर पुगेको छ। लोकमार्गका २५० पुलमध्ये २०७९ असारसम्म ११५ पुल निर्माण सम्पन्न भएकोमा २०७९ फागुनसम्म यस्तो संख्या १२२ पुगेको छ।

उत्तर दक्षिण राजमार्ग कालीगण्डकी कोरिडोर कुल लम्वाई ४४७ किलोमिटरको गैडाकोट(राम्दी(मालढुङ्गा खण्डको २४५ किलोमिटर खण्डमध्ये २०७९ फागुनसम्म १२० किलोमिटर सडक कालोपत्रे र २७ पुलको निर्माण सम्पन्न भएको छ। यस कोरिडोर अन्तर्गत २०७९ फागुनसम्म मालढुंगा(बेनी(जोमसोम(कोरला खण्डको २०२ किलोमिटर खण्डमध्ये २९ किलोमिटर सडक कालोपत्रे र ६ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म २८ किलोमिटर सडक कालोपत्रे र ४ पुलको निर्माण कार्य सम्पन्न भएको थियो।

कर्णाली कोरिडोरको कुल लम्बाइ २६९ किलोमिटर मध्ये २०७९ असारसम्म २५७ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएकोमा २०७९ फागुनसम्म ३.५ किलोमिटर थप ट्रयाक निर्माण भई हालसम्म २६०.५ किलोमिटर ट्रयाक निर्माण सम्पन्न भएको छ।

कोशी कोरिडोरको कुल लम्बाइ १६२ किलोमिटर मध्ये २०७९ फागुनसम्म थप १५ किलोमिटर ग्राभेल भई हालसम्म ७० किलोमिटर सडक ग्राभेल भएको छ भने १० पुलको निर्माण सम्पन्न भएको छ।

काठमाडौं/तराई/मधेश द्रुतमार्ग सडक आयोजना अन्तर्गत २०७९ फागुनसम्म महादेवटार शुरुङ्गमार्गको ३,३५५ मिटर मध्ये ६७६.६५ मिटर, धेद्रे शुरुङ्गमार्गको १,६३० मिटर मध्ये ३५४.५५ मिटर र लेनडाँडा शुरुङ्गमार्गको १,४३० मिटर मध्ये २६८.१५ मिटर शुरुङ्ग खन्ने कार्य सम्पन्न भएको छ।

मदन भण्डारी राजमार्गको कुल लम्बाइ १,३९० किलोमिटरमा आयोजनाको कार्यक्षेत्र भित्र पर्ने ७४० किलोमिटर मध्ये २०७९ फागुनसम्म २६५ किलोमिटर सडक कालोपत्रे भएको छ। यस राजमार्गमा पर्ने १८५ पुलमध्ये ९९ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म २५९ किलोमिटर सडकको कालोपत्रे सम्पन्न भएको थियो।

गल्छी-त्रिशुली-मैलुङ्ग-स्याफ्रुवेशी-रसुवागढी सडकको ८२ किलोमिटर सडकमध्ये २०७९ फागुनसम्म ३३.५ किलोमिटर सडकको दुई लेन कालोपत्रे (अस्फाल्ट) गर्ने कार्य र १३ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म कालोपत्रे सडक (अस्फाल्ट) २७.३२ किलोमिटर र ११ पुलको निर्माण भएको थियो।

पूर्व(पश्चिम राजमार्ग स्तरोन्नति गर्ने कार्य अन्तर्गत नारायणघाट(बुटवल सडकको ११३ किलोमिटर सडकमध्ये २०७९ फागुनसम्म २ किलोमिटर सडक कालोपत्रे भएको छ। साथै, ३ प्रमुख पुल र २८ साना पुलको निर्माण कार्य सम्पन्न भएको छ।

मुग्लिन-पोखरा सडकको आबुखैरेनीदेखि पोखरासम्मको ८०.३३ किलोमिटर खण्ड अन्तर्गत २०७९ फागुनसम्म ७ साना पुलको निर्माण कार्य सम्पन्न भएको छ।

त्रिभुवन राजमार्गको नागढुङ्गा शुरुङमार्ग अन्तर्गत कुल ५,४९९ मिटर (मुख्य र आपतकालिन) मध्ये २०७९ फागुनसम्म ४,२७५.४५ मिटर शुरुङ्ग खन्ने कार्य सम्पन्न भएको छ। त्यसैगरी, यस अवधिसम्म ९७७.७ मिटर शुरुङ्गमा कंक्रिट लाईनिङ्ग गर्ने कार्य समेत सम्पन्न भएको छ। शुरुङ्गमार्ग अन्तर्गत पर्ने ३ अन्डरपास, ४ कल्भर्ट, १ ओभरपास र ३ पुलको निर्माण सम्पन्न भएको छ। २०७९ असारसम्म ३,११५ मिटर शुरुङ्ग खन्ने कार्य सम्पन्न भएको थियो।

यातायात क्षेत्र

२०७९ असारसम्ममा ४ स्थानबाट ईम्बोस्ड नम्वर प्लेटको जडान तथा वितरण हुदै आएकोमा चालु आर्थिक वर्षदेखि पोखरा र बुटवलबाट समेत ईम्बोस्ड नम्वर प्लेट जडान तथा वितरण गर्ने कार्य शुरु भएको छ।

ईम्बोस्ड नम्बर प्लेट उत्पादन गरी सवारी साधनमा जडान गर्न २०७९ फागुनसम्म २ लाख ५७ हजार ३ सय ९४ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ५१ हजार १९ थान जडानका लागि वितरण भएको छ। २०७९ असारसम्म २ लाख २९ हजार ४ सय ३८ ईम्बोस्ड नम्बर प्लेट उत्पादन भई ३३ हजार ९ सय ७२ थान जडानका लागि वितरण भएको थियो।

चालु आर्थिक वर्षको फागुनसम्म थप ५ लाख २ हजार २२ सवारी चालक अनुमति पत्र ९ईलेक्ट्रोनिक स्मार्ट कार्ड० प्रिन्ट भएको छ। २०७९ फागुनसम्म ३२ लाख ३१ हजार ४ सय ७५ रहेको छ। २०७९ असारसम्म २७ लाख २९ हजार ४ सय ५३ सवारी चालक अनुमति पत्र प्रिन्ट भएको थियो।

२०७९ असारसम्म ३१ यातायात व्यवस्था कार्यालयरसेवा कार्यालयमा विद्युतीय सवारी चालक अनुमतिपत्र प्रणाली लागू भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म थप ५ यातायात व्यवस्था कार्यालयरसेवा कार्यालय (गौर, चितवन, राजविराज, पाल्पा र चौरजहारी) मा सो प्रणाली लागू भएको छ।

रेल यातायात

पूर्व पश्चिम विद्युतीय रेलमार्ग अन्तर्गत बर्दिबास(निजगढ खण्डमा २०७९ असारसम्म ५२।५ किलोमिटर ट्रयाक बेड र ५ रेल्वे पुल निर्माण भएकोमा २०७९ फागुनसम्म ५४।५ किलोमिटर ट्रयाक बेड तथा ७ पुलको निर्माण कार्य सम्पन्न भएको छ।

जल यातायात

२०७९ फागुन महिनासम्म कर्णाली नदी (११५ किलोमिटर), कालीगण्डकी (९५ किलोमिटर), कोशी नदी (७५ किलोमिटर), नारायणी नदी (८५ किलोमिटर), त्रिशुली नदी (२२ किलोमिटर), सुनकोशी नदी (६८ किलोमिटर), राप्ती नदी (१०२ किलोमिटर), बबई नदी (५२ किलोमिटर), दूधकोशी नदी (२० किलोमिटर) र मर्स्यांदी नदी (२० किलोमिटर) मा आन्तरिक जलमार्गमा जलयान सञ्चालन सम्बन्धी सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। साथै, कोशी नदीमा प्यासेन्जर रिभर ट्रमिनल निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार भएको छ।

GBIME

प्रतिक्रिया दिनुहोस्