Shikhar Insurance

सुरु भयो बजेट भाषण

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १५, सोमबार १६:३४
NIMB
Nabil Bank

काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतको बजेट भाषण सुरु भएको छ । संघीय संसदको संयुक्त बैठकमा उनले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट भाषण आरम्भ गरेका हुन् ।
आयात निरुत्साहित गरिएकाले राजश्व कम उठेको, रुस–युक्रेन युद्धले पनि अर्थतन्त्रलाई कमजोर अवस्थामा पुर्याएको अर्थमन्त्री डा. महतले बताएका छन् ।

पर्यटकहरुको संख्या बढ्न थालेको, बैंकिङ प्रणालीमा सुधार आएको, कर्जाको ब्याजदर कम हुँदै गएको, तरलतामा पनि सुधार हुँदै गएको, रेमिटेन्स भित्रिने क्रम पनि बढेकाले अब अर्थतन्त्रले लय समाउँदै जाने अर्थमन्त्रीको दावी छ ।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्