Shikhar Insurance

एकीकृत समाजवादीद्वारा पूर्वप्रधानमन्त्री खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १७, बुधबार १५:२५
NIMB
Nabil Bank

काठमाडाैं। नेकपा एकीकृत समाजवादीले पार्टीका सम्मानित नेता झलनाथ खनाललाई दुर्व्यवहार गर्नेलाई कारबाही गर्न माग गरेको छ। एकीकृत समाजवादीले बुधबार विज्ञप्ति प्रकाशित गरी खनाल सहभागी कार्यक्रममा मञ्चमै पुगेर दुर्व्यवहार गरिएको भन्दै कारबाही गर्न भनेको हो।

हिजो मिति २०८० जेठ १६ गतेका दिन काठमाडौंको अनामनगरमा नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाललगायतका वामपन्थी नेताहरु माथि भएको दुर्व्यवहारको घटनाप्रति अनेरास्ववियुको गम्भीर ध्यानाकर्षण भएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

प्रधानमन्त्रीको भारत भ्रमण र भारतीय संसद भवनमा नेपाली भूमि (लुम्बिनी र कपिलवस्तु) अंकित गरी राखिएको नक्साको सन्दर्भमा वामपन्थीहरुको धारणा तय गरी सुझाव दिने उद्देश्यले आयोजना गरिएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा छद्म भेषमा प्रवेश गरेका ज्ञानेन्द्र शाहको सुण्ड- मुसुण्डहरुले गरेको अभद्र र अराजनैतिक हर्कतको घोर निन्दा र भत्सर्ना गर्दछौं । पार्टीका

उपमहासचिव डा. गंगालाल तुलाधरले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ, ‘उक्त घटनामा संलग्न रहेका उच्छृङ्ल तत्त्वहरुलाई सरकारले कठोर कारबाही गरोस्।’

नेपाली जनताको सार्वभौम स्वतन्त्रता र समानताको खातिर सामन्तवाद, दलालनोकरशाही विरुद्धको संघर्षमा अविचलित भई नेपाल कम्युनिस्ट आन्दोलनको अग्रणी भूमिका खेलेका नेताहरु माथि भएको अभद्र, तुच्छ, अशोभनीय गालीगलौजसहितको अभद्र व्यवहार लाखौं जनताको संघर्ष र वलिदानबाट प्राप्त गणतन्त्र र संविधानमािथको नांगो प्रहार हो ।

विभिन्न आवरणमा जनताले रछ्यानमा मिल्काईसकेको राजतन्त्रले फेरी टाउको उठाउन खोजेको प्रति आमजनसमुदायमा ध्यानाकर्षण गराउँदै त्यसतर्फ सचेत रहन हार्दिक अपिल गर्छौं ।

GBIME

प्रतिक्रिया दिनुहोस्