Shikhar Insurance

४ विदेशीसहित १४ जनाले गरे कञ्चनजङ्घा आरोहण

सिंहदरबार संवाददाता
२०८० जेष्ठ १८, बिहीबार १२:४९
NIMB
Nabil Bank

ताप्लेजुङ । कञ्चनजङ्घा हिमालमा ४ विदेशीसहित १४ जनाले आज सफल आरोहण गरेका छन् । आरोहण गर्नेमा अमेरिकाका आना गुट्टु, ताइवानका तारेन्स र ग्रेस, फ्रान्सका आलेस्टर हुन् । उनीहरू एलाइट एक्सपिडिसनबाट आरोहणका लागि गएका थिए।

यस्तै युक्ता, फुर्सना, तेज, मिङमार, दावा याङजोम, ङिमा, पासाङ दोर्जी, ङिमादावालगायतले समेत आरोहण गरेको कम्पनीका प्रबन्धक मिङ्मा डेभिड शेर्पाले जानकारी दिए। उनका अनुसार आरोहीहरू सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेर कञ्चनजङ्घा गएका थिए। यसअघि एक विदेशी र दुई नेपाली गरी तीन जनाले सफल आरोहण गरेका थिए।

Citizen Life
Kumar Bank
Nepal Life
GBIME

प्रतिक्रिया दिनुहोस्