Shikhar Insurance

रियलमी नार्जो एन ५५ र एन ५३ सार्वजनिक, मूल्य कति?

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २१, आईतवार ११:२८
NIMB
Nabil Bank

काठमाडौं । रियलमीले नयाँ पुस्तालाई लक्षित गरेर नेपालमा आफ्ना नयाँ दुइटा स्मार्टफोन मोडलहरू नार्जो एन ५५ र नार्जो एन ५३ सार्वजनिक गरेको छ । कटिङ एज फिचरहरू, स्लिक डिजाइन र शक्तिशाली पर्फर्मेन्सयुक्त यी फोनहरूले नेपाली नयाँ पुस्ताको मन जित्ने आशा कम्पनीले विश्वास गरेको छ ।

लन्चमा बोल्दै रियलमीका कन्ट्री हेड मुनिष गिरीले भने, “रियलमी नार्जो एन ५५ र एन ५३ सँगै नेपालमा स्मार्टफोनको नयाँ लाइनअप ल्याएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ । नार्जो एन ५३ रियलमीको अहिले सम्मकै सबैभन्दा स्लिम एन्ट्री–लेभल अल राउन्डर हो । यो फोन जति स्लिम छ त्यति नै शक्तिशाली पनि छ । अर्कोतर्फ, रियलमी नार्जो एन ५५ ले नेक्स्ट–जेन पावरहाउसको रूपमा स्मार्टफोन अनुभवलाई अझ शान्दार बनाउँछ । अत्याधुनिक टेक्नोलोजी र असाधारण प्रोसेसिङ पावरको साथ यसले बिजुली चम्केको गतिमा पर्फम गर्छ र मल्टिटास्किङ गर्न पनि धेरै सजिलो बनाउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल अल राउन्डर

७.४९ इन्चको अल्ट्रा स्लिम बडी भएको नार्जो एन ५३ अहिलेसम्मकै सबैभन्दा स्लिम एन्ट्री लेभल राउन्डर हो । सि –एङल बेजल डिजाइनको साथ आएको यो फोन समाउन र चलाउन अत्यन्तै सहज र हलुका छ । रियलमीको डाइनामिक र्याम एक्स्पान्सन टेक्नोलोजीले फोनमा हुने मेमोरीको समस्यालाई पनि समाधान गरेको छ । यसको मतलब हो, फोनमा भएको ६ जिबि ¥यामलाई अर्को ६ जिबि सम्म बढाउन मिल्छ ।

६.७४ इन्चको मिनी ड्रप फुल स्क्रिन र ९०.३ प्रतिशतको स्क्रिन–टु–बडी रेसियो भएको यो फोनले उच्च स्तरिय डिस्प्ले एक्स्पिरियन्स प्रदान गर्दछ । यो डिस्प्लेमा ९० हर्जको रिफ्रेस रेट र फुलएचडि प्लस रेजोलुसन रहेको छ । जुन यो मूल्यमा उपलब्ध मोडलहरुमध्ये सबैभन्दा धेरै हो ।

यसको ब्राइटनेस ४५० निटसको रहेको छ भने टच स्याम्प्लिङ् रेट १८० हर्ज छ । ३३ वाटको सुपर भोक चार्जिङ सहित आउने यो फोन यो सेग्मेन्टमै सबैभन्दा चाँडो चार्ज हुने क्षमता राख्छ । सुपरभोक टेक्नोलोजीले हाइ भोल्टेज लो करेन्ट प्रविधी अपनाएर छिटो भन्दा छिटो चार्ज गर्न सक्छ । यो फोन फुल चार्ज हुन जम्मा ८८ मिनेट र आधा चार्ज हुन जम्मा ३१ मिनेट लाग्छ । ५००० एमएएचको शक्तिशालि ब्याट्रि भएको यो फोनमा चार्जिङ प्रोटेक्सन सिस्टम रहेको हुनाले फोन छिटो पनि र सुरक्षित रुपमा पनि चार्ज हुन्छ ।

यस फोनमा भएको शक्तिशाली ५० एमपिको एआइ क्यामराले डिटेल्ड र उच्च गुणस्तरका तस्विरहरु खिच्न सक्छ । यसमा नाइट मोड, पोर्टट मोड, एचडिआर, एआइ सिन रिकग्निसन र बोके इफेक्ट जस्ता मोडहरु छन् । रियलमी सी ५५ मा जस्तै यसमा पनि मिनी क्याप्सुल रहेको छ । यो मिनी क्याप्सुल आँफै स्क्रिनमा अडप्ट हुन्छ र यसमा ब्याट्री स्टेटस, डाटा युजेज र स्टेप काउन्ट जस्ता नोटिफिकेसनहरु हेर्न मिल्छ ।

दुवै स्मार्टफोनहरू देशभरका अनलाइन र आधिकारिक विक्रेताहरू मार्फत उपलब्ध हुनेछन् । ४+६४ जीबी स्टोरेज क्षमता भएको नार्जो ५३ मोडलको मूल्य १५ हजार ९ सय ९९ रूपैयाँ र ६+१२८ भेरियन्टको मूल्य १८ हजार ९ सय ९९ रूपैयाँ रहेको छ । त्यसैगरी ४+६४ जीबी स्टोरेजसहितको नार्जो एन ५५ को मूल्य २० हजार ४ सय ९९ रूपैयाँ र ६+१२८ भेरियन्टको मूल्य २४ हजार ४ सय ९९ रूपैयाँ रहेको छ । नार्जो एन ५५ आकर्षक प्राइम ब्लु र प्राइम ब्ल्याकमा उपलब्ध छ भने एन ५३ फेदर गोल्ड र फेदर ब्ल्याकमा उपलब्ध छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्