Shikhar Insurance

नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड, भन्सारदर सच्याउन माग

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २२, सोमबार १४:०३
NIMB
Nabil Bank

काठमाडौं । नेपाल वनस्पति घ्यू तेल उत्पादक संघको अध्यक्षमा विकास दुगड निर्विरोध निर्वाचित भएका छन् । काठमाडौंमा भएको साधारणसभामा दुगडको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा निर्विरोध निर्वाचित भएको हो ।

संघको उपाध्यक्षमा रतन लाल केडिया तथा अमित मोर चयन भएका छन । यस्तै महासचिव निखिल चाचान र सदस्यहरुमा कमल कुमार वेगानी, श्याम लोहिया, अमित शारदा, दिपक सापकोटा, राजिव गुप्ता, विरेन्द्र कुमार संघई, विपिन कावरा र मनोज तापरिया सर्वसम्मत रुपमा निर्विरोध निर्वाचित भएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

उक्त विशेष साधारणसभाले आगामी आर्थिक वर्षको बजेटमार्फत वनस्पति घ्यू तेलमा बढाइएको भन्सार दरलाई तत्काल सच्याइ साबिकबमोजिम कै कायम गर्न मागसमेत गरेको छ ।

हाल भारतमा घ्यू तेलमा भन्सार महसुल १ प्रतिशत र जिएसटी ५ प्रतिशत मात्र रहेको तर नेपालमा कच्चापदार्थमै १० प्रतिशत र भ्याट १३ प्रतिशत लगाइएको हुँदा नेपाल र भारतमा कर मात्रै लगभग २० प्रतिशतको फरक हुन गएको संघले जनाएको छ । ।

जसले गर्दा नेपाल र भारत जस्तो खुल्ला सिमाना भएको देश मा चोरी पैठारी बढ्न गई अनाधिक्रित ब्यापार बढी एकातिर घ्यू तेल उद्याेगहरु पनि संकटमा पर्ने संघको भनाइ छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्