Shikhar Insurance

युनाइटेड अजोडको सीइओ बने श्रवण रावल, तलब भत्ता ८४ लाख

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २३, मंगलवार १७:२५
NIMB
Nabil Bank

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको सीईओमा श्रवण रावल नियुक्त भएका छन् । कम्पनी सञ्चालक समितिको निर्णयलाई नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेसँगै रावल सीईओ बनेका हुन् । मंगलबार रावललाई सीईओ नियुक्तीका लागि सिफारिस गरिएको बीमा प्राधिकरणले जनाएको छ ।

उनले बार्षिक ८४ लाख तलब भत्ता प्राप्त गर्नेछन् । यस अघि उनी प्रुडेन्यिसल इन्स्योरेन्सका सीइओ थिए । आईजीई प्रुडेन्सियल मर्ज भएपछि उनी युनाइटेड अजोड आएका हुन् । मर्जरसँगै कम्पनीको चुक्ता पुँजी १ अर्ब ९० करोड ४६ लाख रुपैयाँ पुगेको छ । कम्पनीको सामान्य जगेडा कोषमा ५९ करोड ६७ लाख र बीमा कोषमा ७२ करोड ६४ लाख रुपैयाँ छ ।

Citizen Life
Kumar Bank
Nepal Life

कम्पनीको नेट वर्थ ३ अर्ब २६ करोड ३५ लाख पुगेको छ । त्यसैगरी शाखा संख्या १०० र कर्मचारी संख्या ५८१ कायम भएको छ । बीमालेख संख्या १ लाख ९२ हजार ८२५ र कुल प्रिमियम २३९ करोड ७९ लाख रुपैयाँ पुगेको छ । नियमनकारी निकायले तोकेका क्षेत्रहरुमा गरिएको कम्पनीको लगानी ३ अर्ब ९८ करोड ७९ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।

युनाइटेड अजोड इन्स्योरेन्सको एकीकृत कारोबार सुरु, ४ वर्षभित्र टप ५ मा पुग्छाैं : अध्यक्ष श्रेष्ठ

GBIME

प्रतिक्रिया दिनुहोस्