Shikhar Insurance

देशको सबैभन्दा ठुलो समस्या नै भ्रष्टाचार होः माधव नेपाल

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २७, शनिबार २१:३६
NIMB
Nabil Bank

काठमाडौं । नेकपा(एकिकृत समाजवादी)का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधव कुमार नेपालले देशको सबै भन्दा ठूलो समस्या नै भ्रष्टाचार भएको बताएका छन् । पार्टीको रौतहट–काठमाडौं सम्पर्क मञ्चको १३ औं सम्मेलनको उद्घाटन गर्दै अध्यक्ष नेपालले भने सरकारी कार्यालयहरुमा घुस नदिई काम हुनै छाडेको आरोप पनि लगाए ।

‘मालपोत, नापी, वडा कार्यालयहरुमा भ्रष्टाचार हुन्छ । कहिँ कतै पनि पैसा नदिई कामै नहुने अवस्था सृजना भएको छ, यो देशको सबै भन्दा ठूलो समस्या नै भ्रष्टाचार हो’, अध्यक्ष नेपालले भने । भुटानी शरणार्थी प्रकरणमा एकिकृत समावादीका कुनै पनि नेता नमुछिनु आफुहरुको सम्पति भएको उनले बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

आफ्नो पार्टीले चाहँदा राजनीतिको कोर्ष नै करेक्सन गर्न सक्ने हैसियतमा रहेको पनि उनले बताए । माओवादी केन्द्र, जसपा, नेसपा, बिप्लब र एकिकृत समाजवादी पार्टीको समाजवादी मोर्चा बनाउने तयारी भैरहेको पनि उनले बताएका थिए ।

अध्यक्ष नेपालले एमाले अध्यक्ष केपी ओलीको दरबारियाहरुसँग साँठगाँठ रहेको आरोप पनि लगााएका थिए ।

GBIME

प्रतिक्रिया दिनुहोस्