Shikhar Insurance

प्रधानमन्त्री प्रचण्डको राजीनामा माग

सिंहदरबार संवाददाता
२०८० जेष्ठ २८, आईतवार १६:०४
NIMB
Nabil Bank

काठमाडौं । संसदमा प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग भएको छ । राप्रपा सांसद ज्ञान बहादुर शाहीले प्रधानमन्त्री विरुद्ध युद्ध अपराधको मुद्धा सर्वाेच्च अदालतमा दर्ता भएकाले तत्काल राजीनामा गर्न माग गरेका हुन् ।
आइतबार मात्रै प्रधानमन्त्री प्रचण्ड डा. बाबुराम भट्टराई लगायत विरुद्ध सर्वाेच्च अदालतमा युद्ध अपराधको मुद्धा दर्ता भएको थियो ।

सांसद शाहीले युद्ध अपराधको आरोपमा सर्वाेच्च अदालतले प्रधानमन्त्रीलाई बोलाएकाले उनले प्रधानमन्त्रीका रुपमा अदालत जान नमिल्ने भन्दै राजीनामा गर्नुपर्ने बताएका हुन् ।

Citizen Life
Kumar Bank
Nepal Life

सशस्त्र युद्धका बालसेना लेनिन विष्टले आफू जस्ता अबोध बालबालिकालाई युद्धमा प्रयोग गरेको भन्दै प्रचण्ड र डा. बाबुराम भट्टराई लगायत विरुद्ध युद्ध अपराधको मुद्धा हालेका हुन् ।

यसअघि विष्टको रिट सर्वोच्च प्रशासनले संक्रमणकालीन न्याय अनुरुप निरुपण हुने भन्दै रिट दरपीठ गर्दै आएको थियो । तर दरपीठविरुद्ध विष्टले दिएको निवेदनमा सुनुवाइ गर्दै न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले गत शुक्रबार रिट दर्ता गर्न आदेश दिएको थियो । रिटमाथि ३० जेठमा सुनुवाइको मिति तोकिएको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्