Shikhar Insurance

प्यारासुट फेसवासले ल्यायो घाम र प्रदूषणसँग लड्न ब्राइटेनिङ गोटमिल्क फेसवास

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३१, बुधबार १७:४०
NIMB
Nabil Bank

काठमाडौं । स्किन केयरमा प्रख्यात ब्राण्ड प्यारासुट स्किनप्योर फेसवासले प्यारासुट स्किनप्योर ब्राइटनिङ गोटमिल्क फेसवास प्रस्तुत गर्दै आफ्नो पछिल्लो अभियान सुरु गरेको छ । वातावरणमा घाम र प्रदूषणको बढ्दो मात्रालाई मध्यनजर गर्दै यस ब्रान्डले तिनीहरूले छालामा पुर्याउन सक्ने हानिकारक प्रभावहरूको बारेमा र यी चुनौतीहरूसँग लड्न शक्तिशाली समाधान प्रदान गर्न सर्वसाधारणलाई सचेत गराउने लक्ष्य राखेको छ ।

ब्रान्डले छालाको प्रभावकारी हेरचाहको समाधान खोज्नेहरूलाई मुलायम, चम्किलो र स्वस्थ छाला प्रदान गर्न प्राकृतिक सामग्री सँगै बाख्राको दूधको शक्ति प्रयोग गर्ने लक्ष्य राखेको छ । आजको द्रुत संसारमा हाम्रो छालाले निरन्तर विभिन्न अप्ठ्याराहरूको सामना गरिरहेको छ जसले यसलाई सुस्त, थकित र प्राकृतिक चमकरहित बनाउन सक्छ । प्यारासुट स्किनप्योरले छाला सफा गर्ने मात्र नभएर छालालाई उज्यालो र पुनर्ताजगी गर्ने खालको हेरचाह उपलब्ध गराउँछ ।

Citizen Life
Kumar Bank
Nepal Life

बाख्राको दूध लामो समयदेखि छाला हेरचाहमा आफ्नो असाधारण गुणहरूको लागि जानिन्छ । अत्यावश्यक पोषक तत्व, भिटामिन र खनिजले भरिपूर्ण बाख्राको दूध छालालाई मोइस्चराइज गर्न, स्वच्छ राख्न र निको पार्न परिचित छ । प्यारासुट स्किनप्योरले फेसवाश बनाउनको लागि बाख्राको दूधको पौष्टिक गुणहरूलाई अन्य प्राकृतिक सामग्रीहरूसँग मिलाएर प्रभावकारी परिणामहरू प्रदान गर्ने सूत्र तयार गरेको छ

GBIME

प्रतिक्रिया दिनुहोस्