Shikhar Insurance

मोर्चा हुँदै बृहत् वाम एकताः मेटमणि चौधरी

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार ११:५७
NIMB
Nabil Bank

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का नेता मेटमणि चौधरीले शुक्रबार समाजवादी मोर्चा घोषणा हुने र त्यो बृहत् वाम एकतासम्म पुग्ने दाबी गरेका छन्।

बिहीबार बिहान प्रशारित देशान्तर संवादमा बोल्दै उनले भने, ‘माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र विप्लबजीको पार्टीबीच मोर्चा बन्दैछ ।’

Citizen Life
Kumar Bank
Nepal Life

‘जलहरी काण्ड, भुटानी शरणार्थी प्रकरण, यती ओम्नी जस्ता अनेक काण्डका कारण मुलुकको छवि बिग्रन गएको छ । भ्रष्टाचारका कारण देश बर्बाद भएको छ । तसर्थ सामाजिक रुपमा जागरण ल्याउने, सशक्त बनाउने, भ्रष्टाचार जस्ता जघन्य अपराधलाई समाप्त पार्ने उद्देश्यले मोर्चा बन्दै छ।’ मोर्चा बन्नुका कारण उनले यसरी खुलाए ।

पार्टी निर्माण, विघटन नियमित चल्ने प्रक्रिया भएको बताउँदै पूर्वमन्त्रीसमेत रहेका चौधरीले मोर्चा जनतामाझ टेस्ट पनि हुने र जनताको सुझाव अनुसार वामपन्थी एकता हुँदै अगाडि बढ्ने बताए ।

GBIME

प्रतिक्रिया दिनुहोस्