Shikhar Insurance

कृषि विकास बैंकद्वारा काठमाडौं इन्स्टिच्युटलाई ५ लाख सहयाेग

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १२:०९
NIMB
Nabil Bank

काठमाडौं। कृषि विकास बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत बुधबार काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ (किओच) लाई आर्थिक सहयोग गरेको छ ।

बूढानीलकण्ठस्थित संस्थाकाे कार्यालयमा आयोजित कार्यक्रममा बैंकका उपमहाप्रबन्धक प्रताप सुबेदीले संस्थाका अध्यक्ष प्रा.डा.भगवान कोइरालालाई ५ लाख रूपैयाँको चेक हस्तान्तरण गरेका हुन् । हस्तान्तरण कार्यक्रममा उपमहाप्रधन्धक सुबेदीले पवित्र कार्यका लागि बैंकले सानो सहयोग गर्न पाएकोमा बैंक परिवार गौरवान्वित भएको विचार व्यक्त गरे ।

Citizen Life
Kumar Bank
Nepal Life

कार्यक्रममा संस्थाका अध्यक्ष डा. कोइरालाले बच्चाहरुले स्वास्थ्य उपचार पाउन नसकिरहेको अवस्थामा उनीहरुको स्वास्थ्य सेवा सुधार गर्ने उद्देश्यका साथ किओचको स्थापना भएको बताए । सन् २०१७ मा स्थापना भएको यस संस्थाले विभिन्न दातृ निकायहरुको सहयोगमा बाल अस्पताल निर्माण कार्यको थालनी गरिसकेको बताउँदै अध्यक्ष डा. कोइरालाले कृषि विकास बैंकले गरेको सहयोगको लागि धन्यवाद व्यक्त गरे ।

कार्यक्रममा बैंकको वाग्मती प्रदेश कार्यालयका मुख्य निर्देशक निर्मलप्रसाद उपाध्याय, सञ्चालन तथा बजार व्यवस्थापन विभागका विभागीय प्रमुख मिनराज पोखरेल, वरिष्ठ शाखा प्रमुख सरोज महत, महाराजगञ्ज शाखाका प्रबन्धक नवराज सत्याल, वरिष्ठ ऋण अधिकृत शान्तिराम भट्टराई तथा ससंस्थाका कर्मचारीहरुको उपस्थिति थियो ।

GBIME

प्रतिक्रिया दिनुहोस्