Shikhar Insurance

सानिमा बैंकका ग्राहकलाई इसामु जापानिज रेष्टुरेन्टमा १० प्रतिशत छुट

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १५:०६
NIMB
Nabil Bank

काठमाडाैं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न इसामु जापनिज रेष्टुरेन्ट (सान्छेन रामेन) दरबारमार्गमा छुटको व्यवस्था गरेको छ ।

उक्त व्यवस्थाअन्तर्गत सानिमाको भिसा डेबिट/क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोगकर्ताहरुले डिजिटल भुक्तानी गर्दा विशेष छुट पाउने भएको छ । बैंकले रेष्टुरेन्ट बिलमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । उक्त रेष्टुरेन्टमा ग्राहकहरुले विभिन्न प्रकारका जापनिज परिकारहरुको स्वाद लिन सक्नेछन् ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।  सानिमा बैंकको देशको सातै प्रदेशमा १ सय ३२ वटा कार्यालय तथा १ सय २२ वटा एटिएमहरु सञ्चालनमा छन् ।

GBIME

प्रतिक्रिया दिनुहोस्