Shikhar Insurance

केएल दुगड समूहद्वारा विश्व रक्तदाता दिवसको उपलक्ष्यमा रक्तदान कार्यक्रम

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १७:४२
NIMB
Nabil Bank

काठमाडौं । केएल दुगड समूहले विश्व रक्तदाता दिवसको अवसर पारेर रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

उक्त समूहअन्तर्गतका काठमाडौं कर्पोरेट अफिस तथा विराटनगर, वीरगन्ज र नेपालगन्जका कार्यालयहरुमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको थियो । उक्त समूह अन्तर्गत कार्यरत कर्मचारीहरुद्वारा नै रक्तदान गरिएको थियो । काठमाडौं, विराटनगर, वीरगन्ज र नेपालगन्ज कार्यालय गरी कुल १ सय १६ कर्मचारीद्वारा रक्तदान गरी ११६ पाइन्ट रगत सन्कलन गरिएको थियो।

Citizen Life
Kumar Bank
Nepal Life

विश्व रक्तदाता दिवस २०२३ को मुख्य नारा “रगत दिनुहोस्, प्लाज्मा दिनुहोस्, जीवन बाँड्नुहोस्, बारम्बार बाँड्नुहोस्” मा केन्द्रित रही यस समुहले विश्व रक्तदाता दिवस रक्तदान गरी मनाएको थियो। यस के एल दुगड समुहले, यस्ता किसिमका सामाजिक कार्य बिगतमा पनि गर्दै आइरहेको र भविष्यमा पनि यस कार्यलाई निरन्तरता दिने कुरा व्यक्त गरेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्