Shikhar Insurance

मौद्रिक नीतिबाट धेरै आस नगर्नुस्, मर्जर/एक्विजिसनको उपलब्धिबारे अध्ययन हुन्छ- गभर्नर अधिकारी

सिंहदरबार संवाददाता
२०८० जेष्ठ ३२, बिहीबार १८:०६
NIMB
Nabil Bank

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी मौद्रिक नीतिबाट धेरै आस नगर्न बैंकर र व्यवसायीलाई आग्रह गरेका छन् । नेपाल व्यवस्थापन संघले आयोजना गरेको मौद्रिक नीतिसम्बन्धी छलफलमा गभर्नर अधिकारीले आगामी मौद्रिक नीतिबाट धेरै सहुलियतको अपेक्षा नगर्न भनेका हुन् । उनले कोरोना कालमा दिइएको जस्तै सुबिधा अहिले खोज्न नहुने बताए ।

उनले ६ प्रतिशतको आर्थिक वृद्धि र ६.५ प्रतिशतको मुद्रास्फीतिको लक्ष्यलाई केन्द्रमा राखेर आगामी मौद्रिक नीति आउने पनि स्पष्ट पारे । ‘६ प्रतिशतकोआर्थिक वृद्धि र ६. ५ प्रतिशतको मुद्रास्फीति कायम हुने गरि मौद्रिक नीति आउँछ । अर्थतन्त्रका बारेमा राष्ट्र बैंकको तथ्यांक र बजेटबाट धेरै कुरा आएकै छ ’, गभर्नर अधिकारीले भने ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकर र व्यवसायीले मौद्रिक नीतिका सिमा बुझ्न नसेको पनि उनले सुनाए । ‘मौद्रिक नीतिप्रति अपेक्षा धेरै भयो । हाम्रा सिमितता छन् । व्यवसायी र बैंकरले आफ्ना कुरा मात्रै गर्छन् । कोरोना कालको सहुलियत सम्झिरहेका छौं । त्यो सुबिधा अहिले खोजिरहेक छौं । त्यो सम्भव छैन् । मुद्रास्फीति नियन्त्रण र वित्तीय स्थायित्व हाम्रो म्यान्डेट हो ।’, अधिकारीले भने ।

उनले अप्ठेरो परेको समयमा दिएको सुबिधा जसरी नै अहिले पनि सहुलियत खोज्न नहुनेमा जोड दिए । ‘अप्ठ्यारो परेका बेला हामी बैंक र व्यवसायी दुवैलाई सुबिधा दिएकै हो, तर सामान्य अवस्थामा दिन सकिन्न । यसपाली धेरै सुबिधाको अपेक्षा नगर्नु होला । समयको माग र आफ्नो दायरा अनुसारको मौद्रिक नीति आउँछ ।’, गभर्नर अधिकारीले भने । उनले नेपालको अर्थतन्त्र र मौद्रिक नीतिमा विश्व आर्थिक परिदृश्यको पनि प्रभाव पर्ने बताए ।

उनले मर्जर तथा एक्विजिसनको कामबाट सन्तुष्ट रहेको र त्यसको उपलब्धि खोज्न थप अध्ययन गर्ने पनि बताए । ‘मर्जर र एक्विजिसनको प्रगतिबाट सन्तुष्ठ छौं, राम्रा नतिजाहरु आइरहेका छन्, बलिया र सुदृढ संस्थाहरु तयार भइरहेका छन्, त्यसको थप उपलब्धि खोज्नका लागि हामी अध्ययन पनि गर्छाै । मर्जर तथा एक्विजिशनका लागि सधै सहुलियत दिइहने अवस्था पनि रहन्न ,’, गभर्नर अधिकारीले भने ।

उनले माइक्रोफाईनान्सको योगदानलाई बिर्सिन नहुनेमा पनि जोड दिए ।‘माइक्रोफाइनान्सको योगदानलाई हामीले बिर्सिएका छैनौं, ग्रामीण अर्थतन्त्र र गरिबी उन्मुलनमा लघु वित्तको भूमिका अतुलनीय छ । ऋण लिएपछि तिर्नुपर्छ । गलत गर्ने संस्थालाई कार्वाही हुन्छ, राम्रालाई प्रवर्द्धन गर्छौं’, अधिकारीले भने ।

उनले वित्तिय साक्षरता बढेको र डिजिटल अर्थतन्त्र निर्माणको अभियानले पनि गति लिइरहेको बताए । ‘मैले २ वर्षदेखि पर्स बोक्न छोडेको छु । वित्तिय साक्षरताका कामहरु पनि सँगै अघि बढिरहेका छन्’, गभर्नर अधिकारीले भने ।

GBIME

प्रतिक्रिया दिनुहोस्