Shikhar Insurance

प्रभु बैंक र नेथनबीच ‘इन्भेस्ट फर इम्प्याक्ट नेपाल’ कार्यक्रमका लागि सहकार्य

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार ११:४२
NIMB
Nabil Bank

काठमाडौं । प्रभु बैंक र नेथन एसोसिएट्स लन्डन लिमिनेटद्वारा कार्यान्वयन गरिने कार्यक्रम इन्भेस्ट फर इम्प्याक्ट नेपाल (आईआईएन) सँग इन्भाइरोमेन्टल सोसियल एन्ड गभर्नेन्स (ईएसजी) र इन्भेस्टमेन्ट रेडिनेससम्बन्धी सहकार्यका लागि सम्झौता भएको छ ।

नेथन एसोसिएट्सका उपसभापति बुद्धिका सामारासिङ्घेको उपस्थितिमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र आईआईएनका तर्फबाट नेथनका नेपाल प्रतिनिधि विवेक श्रेष्ठले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । यस सम्झौतापश्चात् प्रभु बैंक र आईआईएनको संयुक्त सहकार्यबाट नेपाललगायत विश्वभर ईएसजीको बढ्दो महत्वलाई अझ विस्तृत रूपमा स्पष्ट पार्ने विश्वास बैंकले लिएको छ ।

Citizen Life
Kumar Bank
Nepal Life

नेथन ब्रिटिस इन्टरनेसनल इन्भेस्टमेन्ट (बीआईआई), डच इन्चरप्रेन्युरियल डेभेलप्मेन्ट बैंक (एफएमओ) र स्वीस एजेन्सी फर डेभेलप्मेन्ट बैंक (एसडीसी) द्वारा संयुक्त रूपमा स्थापना भएका हो ।

GBIME

प्रतिक्रिया दिनुहोस्