Shikhar Insurance

बैंकको ब्याजदरले उद्योग बन्द हुन थाले, बजेट एक रुपैयाँ सानो पारौं

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार १४:४३
NIMB
Nabil Bank

काठमाडौं । सांसद दामोदर भण्डारीले सञ्चालनमा रहेका उद्योगहरुसमेत बन्द गर्नुपर्ने अवस्था आएको जनाउँदै बैंकको ब्याज वृद्धि भएर सञ्चालित उद्योग बन्द गर्नुपर्ने अवस्था आएकोको टिप्पणी गरेका छन् । प्रतिनिधी सभा बैठकमा बोल्दै उनले अब तत्कालै ब्याजदर घटाउनुपर्ने माग पनि गरे । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को पछिल्लो भारत भ्रमणका क्रममा भारतसंगको व्यापार घाटाका विषयमा छलफल नभएकामा उनले चिन्ता व्यक्त गरे ।

सङ्घीय, संसद्, प्रतिनिधिसभाको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसम्बन्धी विनियोजन शीर्षकमाथि सामूहिकृत रुपमा भएको छलफलमा खर्च कटौतीको प्रस्ताव पेस गर्दै उनले नेपालले व्यापार असन्तुलनको सामना गरिरहेको अवस्थामा उत्पादित वस्तु र सेवा गुम्दै गएको बताए ।

Citizen Life
Kumar Bank
Nepal Life

“नेपालमा आज व्यापार घाटा चुलिएको छ, गत वर्ष मात्रै १९ खर्बको आयात र दुई खर्बको निर्यात भएको छ र १७ अर्ब व्यापार घाटा रहेको थियो, यस वर्षको वैशाख महिनासम्मको तथ्याङ्क हेर्दा यो वर्ष पनि झन्डै १२ खर्ब चार अर्ब बराबरको आयातित भएको छ, १ खर्ब ३१ अर्ब बराबरको निर्यात भएको छ”, उनले भने ।

उनले भने, “खानी विभाग आज जनशक्तिविहीन अवस्थामा छ, जनशक्ति छैन, भएका खानीहरुमा अध्ययन गर्ने थुप्रै सम्भावना छन, फलाम खानी, तामा खानी, अरू थुप्रै खानीजन्य वस्तुहरु आज उत्खननको पर्खाइमा छन् ।”

GBIME

प्रतिक्रिया दिनुहोस्