Shikhar Insurance

डिजिटल बैंकिङमा उल्लेख्य योगदान गरेपछि माछापुच्छ्रे बैंकले जित्यो प्रसिद्ध भारतीय अवार्ड

सिंहदरबार संवाददाता
२०८० असार १, शुक्रबार १५:०७
NIMB
Nabil Bank

काठमाडौं । माछपुच्छ्रे बैंक भारतको इन्फोसिस् फिनाकल कम्पनीबाट सम्मानित भएको छ । डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गरेको भन्दै भारतको बैंगलोरस्थित इन्फोसिस फिनाकलले बैंकलाई सम्मान गरेको हो ।

माछापुच्छ्रे बैंकलाई  ‘इन्फोसिस् फिनाकल इन्नोभेसन अवार्ड, २०२३ म्याक्सिमाइजिङ्ग कस्टुमर इन्गेजमेन्ट  गोल्ड’ नामक पुरस्कारबाट पनि सम्मानित गरिएको हो । डिजिटल बैंकिङ्गमा सफलता हासिल गरेको भन्दै बैंक उक्त पुरस्कारबाट सम्मानित भएको हो ।

Citizen Life
Kumar Bank
Nepal Life

बैंकले विगत दुई वर्षमा आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नविनतम कदमहरू चालेको छ । इन्फोसिस् फिनाकलले हरेक वर्ष विभिन्न १० वटा विधामा अवार्ड प्रदान गर्दै आई रहेको छ । यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनीहरु विभिन्न विधाहरुमा मनोनयनमा परेका थिए ।

माछापुच्छ्रे बैंकले हाल देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ्ग सेवा, २०३ एटीएम मार्फत १४ लाखभन्दा बढी ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको छ ।

GBIME

प्रतिक्रिया दिनुहोस्